२९ मंसिर २०८२, सोमबार
,
Latest
१ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छः बालेन्द्र साह एमाले महाधिवेशनः ओली र पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा कृषिलाई अर्थतन्त्रको मुख्य धारमा ल्याउनुपर्छः कृषिमन्त्री परियार दर्जन बढी बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाए विद्यमान समस्यालाई निकास दिन आगामी निर्वाचन नै उच्चतम विधिः राष्ट्रपति ओली टीमः पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को–को उम्मेदवार छन् ? (सूचीसहित) निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल एमाले महाधिवेशनः ओली पक्षका पदाधिकारी टुंगिन सकस दिल्लीको वायु खतरनाक स्तरमा कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

कथाकार डा राजुबाबु श्रेष्ठको ‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक



अ+ अ-

काठमाडौं । कथाकार डा राजुबाबु श्रेष्ठद्वारा लिखित ‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक भएको छ । प्रज्ञाभवनमा शनिबार आयोजित कार्यक्रममा लेखक तथा समीक्षक नयनराज पाण्डे, डा लक्ष्मण गौतम र ज्ञानु अधिकारी र दीपक सापकोटाले संयुक्त रुपमा कथा सङ्ग्रहको लोकार्पण गर्नुभयो । पन्ध्रवटा कथा रहेको सो सङ्ग्रहलाई राजकुमार बानियाँले सम्पादन गर्नुभएको छ ।

कथामा फरकपात्र, पृष्ठभूमि सामाजिक र राजनीतिक विषयलाई समेटिएको छ । देशभित्रको सशस्त्र द्वन्द्वदेखि द्वन्द्वग्रस्त मुलुक कोर्सिया र सर्वियाका विषयवस्तुलाई कथामा उठान गरिएको छ । पुस्तकमाथि टिप्पणी गर्दै पाण्डे, गौतम र अधिकारीले कथाकार निकै सन्तुलितरूपमा प्रस्तुत गरेको र समाजको वास्तविक कथा दस्तावेजका रुपमा आएको बताउनुभयो । कथाकार श्रेष्ठले विभिन्न सयममा भेट भएका पात्र अरुको पीडाको बकपत्रको रूपमा आफूले लिपिबद्ध गरेको जानकारी दिनुभयो ।

तीस वर्ष नेपाल प्रहरीमा सेवा गर्नुभएका स्रष्टा श्रेष्ठका चारवटा कथा सङ्ग्रह सहित आठवटा कृति प्रकाशित भइसकेको छ । रासस