• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo

फिफाद्वारा भारतमाथिको प्रतिबन्ध फुकुवा



काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

फिफाले शुक्रबार भारतको फुटबल संघलाई अनिश्चितकालका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको विज्ञप्तीमार्फत जनाएको हो ।

फिफाले एआईएफएफलाई पत्र लेख्दै प्रतिबन्ध फुकुवा गरिएको जनाएको छ ।

प्रतिबन्ध फुकुवासँगै आगामी अक्टोबरमा तय भएको यू–१७ महिला विश्वकप पनि भारतमै आयोजना हुनेछ ‌‌।

यस्तै, फिफाको प्रतिबन्ध फुकुवासँगै भारतले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप पनि खेल्न पाउने भएको छ ।

फिफाले गत साउनमा एआईएफएफमा बाहिरी शक्ति हाबी भएको भन्दै प्रतिबन्ध लगाएको थियो ।