७ पुष २०८२, सोमबार
,
Latest
राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटी बैठकः ओलीको प्रतिवेदनमाथि छलफलका लागि ९ वटा समूह



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) केन्द्रिय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रश्तुत राजनीतिक प्रतिवेदनको छलफलका लागि ९ वटा समूह बनाएको छ ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुक्रवारदेखि शुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । अध्यक्ष ओलीले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनको छलफलका लागि बैठकले ९ वटा समूह बनाएको हो । बैठकका बारेमा सञ्चारकर्मीलाई जानकारी दिँदै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले अध्यक्षको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाको छलफल गरी ति समूहले भोलि बस्ने बैठकमा प्रश्तुती राख्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अध्यक्षको राजनीतिक प्रतिवेदन र निर्वाचनको तयारीको सन्दर्भमा मापदण्ड तथा प्रक्रियाका बारेमा वृहत छलफल गरेर बैठकसमक्ष एकीकृत धारणा बनाउने उद्देश्यका लागि आजको बैठकबाट ९ वटा समूहरु निर्धारण गरिएको छ । ९ वटै समूहले पार्टीका अध्यक्षले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि आधारित भएर आगामी निर्वाचनमा नेकपा (एमाले) लाई प्रतिक्रियावादीका सबै खाले घेराबन्दीहरुलाई चिर्दै कसरी पहिलो पार्टी बनाउन सकिन्छ ।

कसरी वहुमत प्राप्त पार्टीको रुपमा स्थापित गर्न सकिन्छ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा अभिव्यक्त भएको सबभन्दा लोकप्रिय मतलाई वहुमतमा कसरी पु¥याउन सकिन्छ भन्ने बारेमा गम्भिरतापूर्वक छलफल गर्नेछन् । आगामी निर्वाचनका रणनीतिहरुका बारेमा आ–आफ्नो ढंगले ति समूहहरुले छलफल गर्नेछन् र भोलि साढे १० बजेबाट आरम्भ हुने केन्द्रिय कमिटीको चौथो बैठकको दोस्रो दिनमा ९ वटा समूहको तर्फबाट प्रश्तुतीहरु हुनेछन् ।’

बैठकमा केन्द्रिय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले सल्लाहकार परिषद्को, केन्द्रिय अनुशासन आयोगका अध्यक्ष केशव बडालले केन्द्रिय अनुशासन आयोगको, केन्द्रिय लेखा आयोगका अध्यक्ष पुष्प कँडेलले लेखा आयोगको र केन्द्रिय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले निर्वाचन आयोगको प्रतिवेदन बैठकमा प्रश्तुत गर्नुभएको उहाँले जानकारी दिनुभयो । बैठकमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनौटको मापदण्ड र प्रक्रियाहरु प्रश्ताव भएको उहाँले बताउनु भयो । त्यस्तै गत स्थानीय निर्वाचनमा पार्टी भित्र देखा परेका समस्याहरु छानबिनका लागि गठित कार्यदलका संयोजक पार्टी उपाध्यक्ष विष्णु पौडेलले कार्यदलका तर्फबाट बैठकलाई जानकारी गराउनुभएको पनि रिजालले बताउनु भयो ।

बैठकले पार्टीको सदस्यता अभिलेखमा देखिएका प्राविधिक समस्या समाधान गर्न गाँठो फुकाउने काम गरेको उपप्रमुख रिजालको भनाई छ । यसैगरी केन्द्रिय कमिटीको तेस्रो बैठकपछि पार्टीले गरेका निर्णयहरुको अनुमोदन पनि भएको जनाइएको छ । भारत प्रवासको पार्टी काम र प्रतिष्ठान सञ्चालनका नियमावली बनाउनका लागि संगठन विभाग प्रमुख खगराज अधिकारीको संयोजकत्वमा कार्यदलहरु निर्माण गरिएको जानकारी गराइएको छ ।

बैठकमा नवनियुक्त केन्द्रिय कमिटी सदस्यहरुलाई शपथग्रहण गराइएको छ भने नवनियुक्त केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिइएको छ । जसअनुसार जीवन गौतमलाई लुम्बिनी प्रदेश सहइन्चार्ज, अमृतलाल राजवंशीलाई झापा जिल्ला सहइन्चार्ज, धर्मदत्त देवकोटालाई वागमती प्रदेश सहइन्चार्ज र वृजेशकुमार गुप्तालाई लुम्बिनी प्रदेशको सहइन्चार्ज जिम्मेवारी दिइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । बैठक भोलि बिहान १०ः३० बजे पुनः बस्ने उहाँले बताउनु भयो ।