२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँसको काँगियो बनाउने ७३ वर्षीय रोका भन्नुहुन्छ– ‘हामी मरेपछि सिप पनि मर्ने भयो’



अ+ अ-

बलेवा । कुनै समय थियो, बालबालिका, युवा र बुढाबुढीलाई समेत जुम्राले सताउँथ्यो । सजिलै लिखा जुम्रा निकाल्न बनाइने बाँसको काँगियो अब भने लोप हुने अवस्थामा छ ।

चाहेर पनि पुराना मौलिक कलाका सामान किन्नसमेत नपाइने अवस्थामा यहाँका एक वृद्ध भने पुरानो कला जोगाउने अभियानमा लाग्नुभएको छ । ताराखोला गाउँपालिका–५ घर भई बागलुङ नगरपालिका–१ मालढुङ्गामा बस्दै आउनुभएका ७३ वर्षीय कर्णबहादुर रोका अहिले पनि बनाउँदै हुनुहुन्छ बाँसको काँगियो । आपूmल जीवनमा यही काम सिकेको र आगामी दिनमा पनि बनाउने उहाँको भनाइ छ ।

अठार वर्षदेखि मालढुङ्गामा बसेर बङ्गुरपालन गर्नुभएका रोकाले पछिल्लो तीन वर्षको दैनिकी भने काँगियो बनाएर कटाउनुभएको छ । गाउँबाट निगालो काटेर ल्याएपछि काटेर दिनभर काँगियो बनाउने गर्नुहुन्छ । बाबुबाजेले सिकाएको सीप उहाँले बिर्सिनुभएको छैन । यो काम गर्न कठिन छ । दिनभरि काम गर्दा दुईदेखि तीन वटा मात्रै बनाउन सकिन्छ । धेरै मेहेनत गरेर पनि बनाउन नसकिने सीप उहाँले धानेर बस्नुभएको हो । “काम गर्न धेरै गाह्रो, काम गरेर फाइदा छैन, तर बुढापाकाले खोज्छन् त्यसका लागि काँगियो बनाएरै बस्छु”, रोकाले भन्नुभयो, “पुरानो सीप सिक्ने कोही छैनन्, हामी मरेपछि सीप पनि मर्ने भयो ।”

एउटा काँगियोको रु एक सय ५० मा बेचेर उहाँले कमाई गर्न सक्नुभएको छैन । माग गर्नेलाई मात्र पुर्याउन सकेका उहाँले युवापुस्ताले सिकेमा सीप हस्तान्तरण हुने बताउनुभयो । उहाँको उत्पादन ग्रामीण क्षेत्रमा मात्रै बिक्री हुने गरेको हो । “आजकालका मानिसको जुम्रा लिखा पर्दैनन, त्यसैले काँगियो खोज्दैनन्”, उहाँले भन्नुभयो, “सरसफाइले बढ्यो, पुरानो सीप हरायो ।” नियमित उपयोगका लागि पनि उपयोगी हुने र आकर्षक हुनेगरी रोकाले रङ्गिन काँगियो बनाउन थाल्नुभएको छ । निगालो काटेर दाँती बनाएपछि रङपानीमा पकाएर सुकाउँदा रङ्गिन काँगियो बन्छ । “धेरैजसो रातो र पहेलो रङमा बनाएको छु”, उहाँले भन्नुभयो, “आवश्यक पर्दा जुनसुकै रङको पनि बनाउन सकिन्छ ।” बजार क्षेत्रमा पनि केही सामान बिक्री भएको उहाँले बताउनुभयो ।

पुरानो सामान संरक्षण गर्ने उद्देश्यले भए पनि केही काँगियो किनेर राखेको बानपा–२ की सुनिता श्रेष्ठले बताउनुभयो । “मैले त धेरै पहिलादेखि उहाँलाई चिनेको भएर किनेर राख्ने गरेकी छु”, उहाँले भन्नुभयो, “यो मौलिक कला बचाएर राख्नुपर्छ, सबैले साथ दिनुपर्छ ।” युवालाई यो सीप सिकाउनुपर्ने उहाँले सुझाउनुभयो । बुढापाका मरेपछि सीप पनि मर्ने उहाँको चिन्ता थियो ।

यस्ता मौलिक कला र संस्कृति संरक्षणमा उद्योग वाणिज्य सङ्घ, नगरपालिका र अन्य संस्थाले साथ दिनुपर्ने रोकाको भनाइ छ । युवा जम्मा गरेर तालिम दियो भने रोजगारीका लागि पनि कतिपय युवाले काम गर्नसक्ने उहाँको भनाइ छ ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले आगामी सीप विकासका काममा उहाँको सीपलाई उपयोग गर्ने बताउनुभयो । “मौलिक कला संरक्षणमा हाम्रो चासो छ, युवामा सीप हस्तान्तरण गर्ने अभियानमा हामीले पुराना विषय जोड्छौँ”, खड्काले भन्नुभयो, “पुराना र ऐतिहासिक पात्र भेटिँदा नगरपालिका र जनप्रतिनिधिलाई सबैले जानकारी दिनुपर्छ ।” मौलिक संस्कृतिकै लागि पुराना मठमन्दिरमा मेला आयोजना गर्नेदेखि पर्यटकीय क्षेत्रको संरक्षणमा पनि नगरले चासो बढाएको उहाँले बताउनुभयो । रासस