१० असार २०८३, बुधबार
,
Latest
धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज एमसीसीमा छलफल हुँदै, यस्ता छन् सम्भावित परिदृश्य



अ+ अ-

काठमाडौं । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीचको सहायतासम्बन्धी सम्झौतामा छलफल सुरु हुने भएको छ । अघिल्लो बैठकमा संसदमा प्रवेश पाएको यो प्रस्तावले आज छलफलमा प्रवेश पाउने भएको हो । त्यसका लागि संसदको कार्यसूची सार्वजनिक भइसकेको छ भने सभामुखले संसदको कार्यव्यवस्था समितिको बैठक बोलाउनुभएको छ ।

उता आजको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुपर्ने दायित्वका अर्थमन्त्री जनार्दन शर्मा भने हिजै काठमाडौँ छोडेर भागेका छन् । उनैले सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ आजको । फागुन ८ गते अर्थमन्त्री अनुपस्थित भएपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका थिए ।

यसअघि आइतबार पनि उनले संसदमा एमसीसी टेबल गर्नुपर्ने थियो । तर, अर्थमन्त्री भएका कारण एमसीसी टेबल गर्नुपर्ने भएपछि उनी बैठकमा उपस्थित भएनन् । उनी उपस्थित नभएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा एमसीसी टेबल गरेका थिए ।
समाचार स्रोतका अनुसार अर्थमन्त्री पर्वत पुगेका छन् । उनले एमसीसीका बारेमा उठेका प्रश्नहरुको बारेमा जवाफ दिनुपर्ने भएपछि त्यसलाई छल्नकै लागि अर्थमन्त्री सामान्य कार्यक्रममा सहभागी हुन पर्वत पुगेका हुन् । 

कसरी पास हुँदैछ त एमसिसी ? यो प्रश्नको निरुपण अझै हुन सकेको छैन । यसरी नै यो सम्झौता पास हुने भन्ने बारेमा अझै सिन क्लियर भएको छैन । तर प्रधानामन्त्री भने एकपछि अर्काे तुरुपमा ढुक्क छन् । आज संसदमा पेश गर्ने र ध्वनी मतका आधारमा आजै पास गर्ने तयारी देखिन्छ । तर पनि संसदमा छलफलको वातावरण भने भएको देखिँदैन । 
तर उता माओवादी अध्यक्ष प्रचण्ड भने ध्वनी मतका आधारमा यो सम्झौता पास गर्न नहुने र मतदानकै प्रक्रियामा जानुपर्ने भन्ने नयाँ तर्क अघि सारेका छन् । उनले सभामुखलाई त्यो कुरामा दबाब दिएको बुझिएको छ । यदि त्यसो भयो भने कांग्रेस र अरु सहयोगी केही मधेशवादी दलको मात्र सहयोगमा यो सम्झौता पास नहुन सक्छ । संसदमा उपस्थित सदस्यको बहुमतमा हुन सकेन भने यसले फेरि अर्काे झमेला पनि ल्याउन सक्छ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग हात अघि बढाएका छन् । 

तर एमालेले पनि यस विषयमा स्पष्ट अडान लिन सकेको छैन । एमालेले संसदीय प्रक्रियामा प्रवेशै गर्न मानेको छैन आफ्नो पूरानै अडानका कारण । एमालेको अडान छ सभामुख निकाल्नुपर्ने । अनि यदि सभामुखले ध्वनी मत नभए मत विभाजनको कार्यविधि लिने हो भने सभामुखमाथि महाभियोग पनि अघि नबढ्ला भन्न सकिँदैन । केही दिन अघि कांग्रेसले आफ्ना सांसदहरुको हस्ताक्षर गराएर राखेकाले यदि एमसिसी फेल हुने अवस्था आयो भने त्यो हस्ताक्षर सभामुखका विरुद्धमा प्रयोग नहोला भन्न सकिन्न । जस्तो कि हिजोमात्र पनि प्रचण्डले कांग्रेसले पनि सभामुखको राजीनामा माग्ने अवस्था आएकाले एमसिसी प्रस्तुत गर्न तयार भएको बताएका थिए । 

यदि त्यस्तो अवस्था आयो भने आज या भोलिको संसद बैठक अगावै सभामुखमाथि महाभियोग लगाउने र उनी निलम्बित भएपछि संसदको ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले संसद बैठक गरेर एमसिसी पारित गर्ने स्थिति आउन सक्छ । यस विषयमा केही दिनयताका देउवा ओलीका भेटघाटहरुमा प्रसस्ता मात्रामा कुराकानी भएको बुझिन्छ । यस्तो अवस्था आएमा नेकपा एमाले संघीय सरकारमा नजाने तर प्रदेशका माओवादी र नेकपा एसका मुख्यमन्त्रीहरु रहेका प्रदेशमा आफूले लिने प्रस्ताव देउवालाई राखेको बुझिएको छ । यसरी सत्ता सम्झौता पनि हुनसक्छ ।