२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोटो खिचाउन गएकी जर्मन मोडल चितुवाको आक्रमणमा गम्भीर घाइते



अ+ अ-

बीबीसी । जर्मनीमा पहिला प्रदर्शनीमा देखाइने गरेका वन्यजन्तुलाई अवकाशपछि राखिएको एउटा पशुशालामा चितुवाले आक्रमण गर्दा एक ३६ वर्षे मोडल गम्भीर घाइते भएकी छन्। उनी फोटो खिचाउन त्यहाँ गएको बताइएको छ।

उनको टाउकोमा गम्भीर चोट लागेको छ।nफोटो खिचाउन गएको ठाउँमा ट्रोय र पारिस नामक दुईवटा चितुवा भएको बताइएको छ।

प्रहरीका अनुसार उक्त घटना मङ्गलवार भएको थियो र ती मोडललाई अस्पताल लगियो।

आक्रमण गर्ने चितुवा भागेको सूचना मोबाइल अलर्टबाट दिइएको भए पनि पछि त्यो सत्य नभएको पुष्टि भयो।

बुर्गेनलान्डका अधिकारीहरूका अनुसार चितुवाबाट अरू मानिस जोखिममा नरहेको तथा साक्शोनी(आन्हाल्ट राज्यको नेब्रास्थित सो पशुशालामा कसरी त्यो घटना भयो भनेर अनुसन्धान भइरहेको छ।

जर्मनीबाट प्रकाशित हुने बिल्ड पत्रिकाले घाइते महिलाको नाम जेसिका लाइडोल्फ भएको जनाएको छ।

घटना हुँदा उनी त्यहाँ के प्रयोजनका लागि तस्बिर खिचाउन गएकी थिइन् र कसले व्यवस्थापन गरेको थियो भन्ने खुलेको छैन।

लाइडोल्फको वेबसाइटका अनुसार उनी आफैँले घोडा, बिरालो, परेवा र सुगा पालेकी छन्।

उक्त पशुशालाको स्वामित्व भएका व्यक्तिले प्रतिक्रिया दिन मानेनन्। तर लाइडोल्फको वेबसाइटका अनुसार त्यहाँका जनावरहरू चलचित्र र विज्ञापनमा प्रयोग भएका छन्।

ती जनावरहरू गेम अफ थ्रोन्सदेखि बीएमडब्ल्यूको विज्ञापनमा देखा परेका छन्।

ट्रोय र पारिस प्लाज्मा टीभीको विज्ञापनमा प्रयोग भएका छन्।

स्थानीय प्रशासनका अनुसार विज्ञहरूले यही महिना उक्त पशुशालाको अवस्था र सुरक्षा जाँच गरेका थिए।

उक्त घटनापछि बोल्दै पशुअधिकारको क्षेत्रमा काम गर्ने संस्था पेटाले बिराला जातका ठूला जीवलाई व्यापारिक लाभका लागि शोषण नगरिने मान्यताप्राप्त उद्धारकेन्द्रमा राखिनुपर्ने जनाएको छ।