६ श्रावण २०८३, बुधबार
,
Latest
जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटीको बैठक: आगामी निर्बाचनको रणनीति तय गर्ने



अ+ अ-

ललितपुर । नेकपा एमालेको केन्द्रीय कमिटीको चौथो बैठक सुरु भएको छ ।पार्टी केन्द्रीय कार्यलय च्यासलमा सुरु भएको बैठकमा अध्यक्ष केपी ओलीले सम्बोधनसँग राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओलीको राजनीतिक प्रतिबेदनमाथी समूहगत रुपमा छलफल हुने छ । यस संगै बैठकमा अन्य ११ वटा एजेण्डामा छलफल हुने पार्टी केन्द्रीय कार्यलयले जनाएको छ । एक केन्द्रीय सदस्यका अनुसार ,अध्यक्षको राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी सदस्यहरूको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन गर्ने एजेण्डा रहेको छ ।

यसैगरी उम्मेदवारको छनोटको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदन, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन पेश गर्ने एजेण्डा रहेको छ ।

बैठकमा भारत प्रवासको कामका सम्बन्धमा नियामवली ,पार्टी कामसँग सम्बन्धित केही नियमहरू निर्माणर समसामयिक प्रस्तावहरु माथी छलफल हुने छ । बैठक भोली सम्म् चल्ने छ ।