२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुन्छ: नेता सिंह



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुने बताउनुभएको छ ।

नेपाल महिला सङ्घका संस्थापन अध्यक्ष मङ्गलादेवी सिंहको २७औँ स्मृति दिवसको अवसरमा आज आयोजित माल्यार्पण कार्यक्रममा उहाँले भन्नुभयो, “हरेक निर्वाचन कांग्रेसको नेतृत्वमा भएको विगत साक्षी छ, आगामी निर्वाचन पनि कांग्रेसकै नेतृत्वको सरकारले गर्न लागेको छ, कांग्रेसको अगुवाइमा हुने निर्वाचन निष्पक्ष हुन्छ भन्ने आम मान्यता रहँदै आएको छ ।”

मुलुकमा निर्वाचनको माहोल सुरु भइसकेको उहाँले बताउनुभयो । अहिलेको सरकार बन्नुअघिको सरकारले ऐन कानुन नबनाइदिएकाले अहिले संविधानले दिएका अधिकार चाहियो भनेर प्रदेश र स्थानीय सरकारले बारम्बार आवाज उठाउनुपर्ने परिस्थिति बनेको उहाँले धारणा राख्नुभयो । उहाँले अब निर्वाचनपछि यी सबै समस्याको समाधान हुने बताउनुभयो ।

उहाँले मुलुकमा राजनीतिक दुर्घटना हुनबाट रोक्न हालको अस्थायी अरेजमेन्ट सोरुप कांग्रेस नेतृत्वमा वर्तमान सरकार गठन भएकोसमेत उहाँले दाबी गर्नुभयो ।




भर्खरै