१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लामा दुई हप्तादेखि फैलिएको अज्ञात रोगले ६० पशु मरे



अ+ अ-

हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण ६० पशु मरेका छन् । स्थानीयवासीका अनुसार दुई हप्तादेखि फैलिएको अज्ञात रोगले पशु मरेका हुन् ।

यति धेरै पशु मर्दा पनि गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि बेखबर रहेको स्थानीयको आरोप छ । खर्कमा रहेका पशुमा अचानक पेट सुन्निने, काँप्ने, झोक्राउनेजस्ता लक्षण देखिएको छ । हालसम्म ६० पशु मरिसकेको ताँजाकोट–२ का धनबहादुर रोकायाले बताउनुभयो । अज्ञात रोगले वडा नं १ र २ का खर्कमा दैनिकजसो पशु मर्न थालेका छन् ।

गाउँपालिकाले पठाएका कर्मचारी औषधि अभाव भएको भन्दै फिर्ता भएका छन् । पुनः औषधि बोकेर खर्कमा नजाँदा उक्त समस्या आएको ताँजाकोट–१ का दलबहादुर खड्काले गुनासो गर्नुभयो । “पशु मरेर सकिन थालिसके, खर्कबाट खाली हात घर जानुपर्ने भइसक्यो तर कर्मचारी र जनप्रतिनिधिको ध्यान पुगेको छैन”, उहाँले भन्नुभयो ।

ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीले भने खोप लगाउने काम भइरहेको बताउनुभयो ।