१८ भाद्र २०८३, बिहीबार
,
Latest
उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लामा दुई हप्तादेखि फैलिएको अज्ञात रोगले ६० पशु मरे



अ+ अ-

हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण ६० पशु मरेका छन् । स्थानीयवासीका अनुसार दुई हप्तादेखि फैलिएको अज्ञात रोगले पशु मरेका हुन् ।

यति धेरै पशु मर्दा पनि गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि बेखबर रहेको स्थानीयको आरोप छ । खर्कमा रहेका पशुमा अचानक पेट सुन्निने, काँप्ने, झोक्राउनेजस्ता लक्षण देखिएको छ । हालसम्म ६० पशु मरिसकेको ताँजाकोट–२ का धनबहादुर रोकायाले बताउनुभयो । अज्ञात रोगले वडा नं १ र २ का खर्कमा दैनिकजसो पशु मर्न थालेका छन् ।

गाउँपालिकाले पठाएका कर्मचारी औषधि अभाव भएको भन्दै फिर्ता भएका छन् । पुनः औषधि बोकेर खर्कमा नजाँदा उक्त समस्या आएको ताँजाकोट–१ का दलबहादुर खड्काले गुनासो गर्नुभयो । “पशु मरेर सकिन थालिसके, खर्कबाट खाली हात घर जानुपर्ने भइसक्यो तर कर्मचारी र जनप्रतिनिधिको ध्यान पुगेको छैन”, उहाँले भन्नुभयो ।

ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीले भने खोप लगाउने काम भइरहेको बताउनुभयो ।