४ भाद्र २०८३, बिहीबार
,
Latest
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगको ‘ड्र’ सार्वजनिक, कुन समूहमा को परे ?



अ+ अ-

एजेन्सी । युइएफए च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ । बिहीबार राति टर्कीको इस्तानबुलमा आयोजित एक समारोहबाट च्याम्पियन्स लिग २०२२/२३ को समूह चरणको टिम विभाजन गरिएको हो ।

ड्र अनुसार जर्मन च्याम्पियन बायर्न म्युनिख र क्याटलान क्लब बार्सिलोना एकै समूहमा परेका छन् ।

लिगको प्रदर्शन आधारमा २६ टोली र प्लेअफ चरणबाट ६ गरि कुल ३२ टोलीले समूह चरमा स्थान बनाएका थिए । ८ समूहका शीर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।

कुन समूहमा कुन टिम ?

समूह ए : आयाक्स, लिभरपुल, नापोली, रन्जर्स

समूह बी : पोर्टो, एट्लेटिको म्याड्रिड, बायर लेभरकुसन, क्लब ब्रुज

समूह सी : बायर्न म्युनिख, बार्सिलोना, इन्टर मिलान, भिक्टोरिया प्लेजन

समूह डी : आइन्ट्राक्ट फ्रान्कफर्ट, टोटेनहम हट्सपर, स्पोर्टिङ लिस्बन, मार्से

समूह ई : एसी मिलान, चेल्सी, आरबी साल्जबर्ग, डिनामो जाग्रेब

समूह एफ : रियल म्याड्रिड, आरबी लाइप्जिग, शाख्तार डोनेस्क, सेल्टिक

समूह जी : म्यानचेस्टर सिटी, सेभिया, बोरुसिया डर्टमुन्ड, कोपनहेगन

समूह एच : पेरिस सेन्ट जर्मेन, युभेन्टस, बेन्फिका, मक्काबी हाइफा