२७ भाद्र २०८३, शनिबार
,
Latest
बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले एकीकृत समाजवादीमा गएका नेतालाई निष्कासन गर्ने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले नयाँ दल नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका नेतालाई निष्कासन गर्ने निर्णय गरेको छ।

आज (बिहीबार) ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले नयाँ पार्टीमा गएका नेतालाई कारबाही गर्ने निर्णय गरेको हो । “नयाँ पार्टीमा गएका नेतालाई एमालेबाट निष्कासन गर्ने निर्णय गरेका छौं,” पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भने।

एकीकृत समाजवादीमा गएका नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय पनि गरेको उनले बताए । यस सम्बन्धी निर्वाचन आयोगलाई जानकारी दिइने भएको छ।

यस्तै नयाँ पार्टीमा गएका नेता तथा कार्यकर्तालाई एमालेमै फर्किन केन्द्रीय कमिटीले आग्रह पनि गरेको छ।