काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि तीन दिनसम्म नेपालमा ठूलो पानी पर्ने सम्भवना रहेको जनाएको छ ।
एक विज्ञप्ति जारी गर्दै विभागले बिहीबारदेखि भदौ १२ गतेसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको बताएको हो ।
हाल मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अबको ३ दिन भारी वर्षा हुने विभागले जनाएको छ ।












