९ असार २०८३, मंगलवार
,
Latest
गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति सेनेगललाई पराजित गर्दै नर्वे विश्वकपको नकआउट चरणमा एम्बाप्पेको दुई गोलमा फ्रान्स नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकारले ल्याएको अध्यादेशलाई बाध्ययात्मकः कानूनमन्त्री कार्की



अ+ अ-

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले वर्तमान सरकारले ल्याएको अध्यादेशलाई बाध्ययात्मक भएको बताउनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशलाई एमाले फुटाउने षडयन्त्र भएको भन्दै पार्टी भित्रै चर्को आलोचना भैरहँदा सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले उक्त अध्यादेश संसदको स्थिरताका लागि भएको जिकिर गर्नु भएको छ ।

बुधबार निर्वाचन क्षेत्र सुनसरी पुग्नु भएका मन्त्री कार्कीले ओली सरकार स्वार्थ केन्द्रित बन्दा मुलुक अनिर्णयको बन्दी बनेको तर्फ तर्क गर्दै  जारी अध्यादेश मुलुकको निकाश र सम्वृद्धिका लागि भएको बताउनु भयो ।  

कार्कीले वर्तमान सरकार छिट्टै विस्तार हुने समेत बताउनु भएको छ । वहाँले गठबन्धनको संस्कृतिलाई बलियो बनाएर लैजाने भन्ने विषयमा छलफल जारी रहेकाले सरकार विस्तारमा ढिलाई भएको बताउनु भएको छ । 

मन्त्री कार्की कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रको विस्तार र स्थानीयको समस्या बुझ्न सुनसरी पुग्नु भएको थियो । मन्त्रीसँगै पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षक विभागका महानिर्देशक सहितको  टोलीले स्थानीयले झेल्दै आएको हात्ती सहितका जंगली जनावरको आक्रमण रोक्न आवश्यक कार्य योजना अघि बढाउने विषयमा पहल चाल्ने बताएको छ ।