१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले जयसिंह धामीको परिवारलाई १० लाख दिने



अ+ अ-

काठमाडौं । दार्चुलामा तुइन तर्ने क्रममा भारतीय सुरक्षाकर्मी एसएसबीले ले  तुइन काटिदिँदा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुला, ब्यास गाउँपालिकाका धामीको परिवारलाई दश लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । 

साउन १५ गते महाकाली नदीमा बेपत्ता भएका धामी हालसम्म भेटिएका छैनन् ।