९ असार २०८३, मंगलवार
,
Latest
गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति सेनेगललाई पराजित गर्दै नर्वे विश्वकपको नकआउट चरणमा एम्बाप्पेको दुई गोलमा फ्रान्स नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको स्वास्थ्य सुरक्षा सरकारको प्रमुख दायित्व : मुख्यमन्त्री आचार्य



अ+ अ-

विराटनगर । प्रदेश– १ का नवनियुक्त मुख्यमन्त्री भीमप्रसाद आचार्यले जनताको स्वास्थ्य सुरक्षा सरकारको प्रमुख लक्ष्य भएको बताउनुभएको छ ।

 मुख्यमन्त्री आचार्यले आज शपथ ग्रहण समारोहपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रदेशका जनतालाई कोरोना विरुद्धको खोप सहज उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । विकास निर्माणको कामलाई परिणाममा पु¥याउने बताउँदै उहाँले संविधानअनुसार सरकारले विश्वासको मत लिने बताउँनुभयो । 

साथै लोकतन्त्र र गणतन्त्रको संरक्षणका लागि अन्य दलसँग मन्त्रिमण्डलमा सहभागिताका लागि छलफल गरिने जानकारी मुख्यमन्त्री आचार्यले दिनुभयो । 

उहाँले गणतन्त्रलाई संस्थागत गर्ने र अवस्था हेरी मन्त्रालयको आकार घटबड हुनसक्ने छ भन्नुभयो । मुख्यमन्त्री आचार्यले छिट्टै मन्त्रिमण्डलको विस्तार गर्ने जानकारी दिनुभयो ।