२७ भाद्र २०८३, शनिबार
,
Latest
देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सि डिभिजन लिगको छनोट खेल सुरु



अ+ अ-

काठमाडौं । सि डिभिजन लिगको छनोट खेल अन्तर्गत आज भएको उद्घाटन खेलमा सतासीधाम स्पोर्टिङ क्लबले च्याम्पियन ब्वाइज एफसीसँग बराबरी खलेको छ ।  

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आज भएको उद्घाटन खेलमा सतासीधाम र च्याम्पियनले २–२ को बराबरी खेल्दै अंक बाँड्दा दिनको दोस्रो खेलमा एफसीएस यसले गोदावरीलाई ३–२ ले पराजित गर्दै सुखद सुरुआत गरेको छ ।

सतासीधामका लागि मनिस लिम्बु र मिलन परियारले एक÷एक गोल गर्दा च्याम्पियनका थिरा राज राई र रञ्जन मगरले एक एक गोल आफ्नो नाममा लेखाएका थिए । दिनको दोस्रो खेलमा एफसीएसलाई जित दिलाउन नेत्र हिउमिन, समिर गुरुङ र सन्त लाल गुरुङले गर्दा गोदावरीका लागि कुशल महर्जन र मिलन तामाङले एक एक गोल गरेका थिए ।  

आयोजक एन्फाले एक कार्यक्रमको आयोजना गरी सि डिभिजन छनोट खेल सुभारम्भ गरेको हो । जस अन्तर्गत आज दुई टोली आमने सामने भएका हुन् । सि सिभिजन लिगका लागि देशै भरबाट कुल ७८ क्लबले सहभागिता जनाउँदै छन् । एयस अघि एन्फाले ७९ क्लबले छनोट खेल्ने जनाए पछि शुक्रबार काठमाडौं युनाइटेड क्लबले नाम फिर्ता लिँदा प्रतिस्पर्धी टोलीको संख्या ७८ पुगेको हो । एन्फाले सहभागि टोलीलाई १५ समूहमा विभाजन गरेको छ ।

छनोटमा सर्वाधिक धेरै टिम बागमती प्रदेशको रहेको छ । बागमतीबाट ६१ क्लब, प्रदेश १ बाट ७ र अन्य प्रदेशबाट २÷२ टिम सहभागी भएको एन्फाले जनाएको छ । छनोटबाट तीन टोली सि डिभिजनमा बढुवा हुनेछन् ।