२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली हुन्छ :बालेन्द्र साह



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले अनधिकृतरुपमा निर्माण भएका सबैखाले संरचना हटाएरै छाड्ने बताएका छन् । काठमाडौँको न्यूरोड क्षेत्रमा त्यस्ता अनधिकृत संरचना हटाउन आफैँ पुगेका साहले अनधिकृतरुपमा बनाइएको संरचना हटाउन साना ठूला कसैलाई नछाड्ने बताए ।

उनका अनुसार नक्सा पास नगराई अनधिकृतरुपमा बनाइएको काठमाडौँ जिल्ला अदालतको संरचनासमेत हटाइने छ । उनले भने, “अवैध संरचना जसले बनाएको भए पनि त्यसलाई कानूनको दायरामा ल्याइन्छ ।”

बबरमहलमा बनाइएको काठमाडौँ जिल्ला अदालतको अन्डरग्राउन्ड पार्किङलाई अहिलेसम्म प्रयोगमा नल्याउँदा सडकको फुटपाथमै सेवाग्राहीले सवारी साधन पार्किङ गर्नुपरिरहेको छ ।