२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता निधि भारत भ्रमणमा जाने



file photo
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि बिहीबार भारत भ्रमणमा जाने भएका छन् ।

गत साउन २२ गते भारत भ्रमणबाट स्वदेश फर्किएका उनी एक साताका लागि फेरि भारत जान लागेका हुन् ।

भ्रमणका क्रममा निधिले अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको धनुष राख्ने प्रस्ताव गरेका थिए । यो प्रस्ताव राममन्दिर पुनर्निर्माण समितिले विदेश मन्त्रालयमा पठाएकाले छलफलका लागि भारत जान लागेको बुझिएको छ ।