२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध



अ+ अ-

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आज राति ८ः२० बजेको समयमा ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ मा पर्ने सेती दोभानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी परिरहेको र पहिरो खसिरहेकाले तत्काल बाटो सञ्चालन हुने सम्भावना छैन ।