२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनप्रतिनिधि जनता र संविधानप्रति उत्तरदायी हुनुपर्ने : नागरिक समाज



अ+ अ-

काठमाडौं । नागरिक समाजका अगुवाहरुले राजनीतिक दलको अस्वभाविक गतिविधि र अस्थिरताका कारण लोकतन्त्र धरापमा परेको विश्लेषण गरेका छन् । 

मानव अधिकार एलायन्सले यहाँ आज आयोजना गरेको ‘सिटिजन कनक्लेभ अन डेमोक्रेसी’ विषयक अन्तरक्र्रियामा उहाँहरुले राजनीतिक दलका नेताले लोकतन्त्र प्राप्तिका लागि सङ्घर्ष गरे पनि त्यसलाई संस्थागत गर्न नसकेको टिप्पणी गरेका हुन् । संविधानविद् डा भिमार्जुन आचार्यले राजनीतिक दलका नेताले आफैँले बनाएको ऐन÷कानून, संविधान, नीति नियम विपरित आ–आफ्नो ढङ्गले गतिविधि गरेका कारण पनि लोकतन्त्र धरापमा परेको बताउनुभयो । लोकतन्त्र बलियो बनाउनका लागि जनप्रतिनिधि जनता र संविधानप्रति उत्तरदायी हुनुपर्ने उहाँको भनाइ छ । 

सांसद डा विमला राई पौडेलले लोकतन्त्रलाई बलियो बनाउनका लागि कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालाई ऐन÷कानून, संविधानअनुसार नियम सम्मत ढङ्गबाट सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । नागरिक समाजका अगुवा कनकमणि दिक्षितले नागरिक समाज मौन बसेका कारण पनि राजनीतिक दलका नेताहरुले आफूखुसी मुलुक सञ्चालन गरी मुलुकमा अस्थिरता निम्त्याएको बताउनुभयो । वरिष्ठ अभिवक्ता दिनेश त्रिपाठीले राजनीतिक दलको लोकतन्त्र विरोधी गतिविधि रोक्नका लागि पनि नागरिक समाजबीचको एकताको आवश्यकता औँल्याउनुभयो ।