२७ भाद्र २०८३, शनिबार
,
Latest
‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनप्रतिनिधि जनता र संविधानप्रति उत्तरदायी हुनुपर्ने : नागरिक समाज



अ+ अ-

काठमाडौं । नागरिक समाजका अगुवाहरुले राजनीतिक दलको अस्वभाविक गतिविधि र अस्थिरताका कारण लोकतन्त्र धरापमा परेको विश्लेषण गरेका छन् । 

मानव अधिकार एलायन्सले यहाँ आज आयोजना गरेको ‘सिटिजन कनक्लेभ अन डेमोक्रेसी’ विषयक अन्तरक्र्रियामा उहाँहरुले राजनीतिक दलका नेताले लोकतन्त्र प्राप्तिका लागि सङ्घर्ष गरे पनि त्यसलाई संस्थागत गर्न नसकेको टिप्पणी गरेका हुन् । संविधानविद् डा भिमार्जुन आचार्यले राजनीतिक दलका नेताले आफैँले बनाएको ऐन÷कानून, संविधान, नीति नियम विपरित आ–आफ्नो ढङ्गले गतिविधि गरेका कारण पनि लोकतन्त्र धरापमा परेको बताउनुभयो । लोकतन्त्र बलियो बनाउनका लागि जनप्रतिनिधि जनता र संविधानप्रति उत्तरदायी हुनुपर्ने उहाँको भनाइ छ । 

सांसद डा विमला राई पौडेलले लोकतन्त्रलाई बलियो बनाउनका लागि कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालाई ऐन÷कानून, संविधानअनुसार नियम सम्मत ढङ्गबाट सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । नागरिक समाजका अगुवा कनकमणि दिक्षितले नागरिक समाज मौन बसेका कारण पनि राजनीतिक दलका नेताहरुले आफूखुसी मुलुक सञ्चालन गरी मुलुकमा अस्थिरता निम्त्याएको बताउनुभयो । वरिष्ठ अभिवक्ता दिनेश त्रिपाठीले राजनीतिक दलको लोकतन्त्र विरोधी गतिविधि रोक्नका लागि पनि नागरिक समाजबीचको एकताको आवश्यकता औँल्याउनुभयो ।