२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्काका सेकुगे र मलेसियाका विरनदीपले एभरेष्ट प्रिमियर लिग खेल्ने



अ+ अ-

काठमाडौं । श्रीलङ्काका सेकुगे प्रसन्न र मलेसियाका वीरनदीप सिंहले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । दुवै जनाले उक्त प्रतियोगिता चितवन टाइगर्सबाट खेल्ने पक्का भएको छ । 

चितवन टाइगर्सले आज विज्ञप्ति जारी गर्दै सेकुगे र वीरनदीपलाई इपिएलका लागि अनुबन्ध गरिएको जनाएको छ । सेकुगे ब्याटिङ र बलिङ गर्नसक्ने खेलाडीका रुपमा परिचित हुनुहुन्छ । यस्तै मलेसियाका पूर्वकप्तान वीरनदीप ब्याट्सम्यान हुन् । दुवै खेलाडीलाई भित्र्याएपछि आफ्नो टोली बलियो भएको चितवन टाइगर्सका मालिक किशोर भट्टराईको भनाइ छ । 

चितवनले यसअघि पाकिस्तानका डानिश अजिज तथा अफगानिस्तानका मोहम्मद साहजाद र करिम जान्तलाई अनुबन्ध गरिसकेको छ । चितवनले टोलीको कप्तानी गर्ने जिम्मा सोमपाल कामीलाई सुम्पेको छ । चौथो संस्करणको इपिएल क्रिकेट आगामी असोज ९ देखि असोज २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ । 

प्रतियोगितामा चितवन टाइगर्ससँगै ललितपुर प्याट्रीयट्स, भैरहवा ग्ल्याडियटर्स, काठमाडौँ किङ्स इलाभेन, पोखरा राइनोज र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्नेछन् । चितवनको टोलीमा भीम सार्की, कमलसिंह ऐरी, दिलिप नाथ, सन्दीप सुनार, साहब आलम, ललित भण्डारी, आदिल खान, सागर ढकाल, खड्ग बोहरा, इशान पाण्डेलगायतका खेलाडी रहनुभएको छ ।