६ श्रावण २०८३, बुधबार
,
Latest
जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा पाँच हजार भन्दा बढि सुकुम्वासी



अ+ अ-

बाग्मती । मकवानपुरमा पाँच हजार ६ सय ८४ जना भूमिहीन रहेको एक तथ्याङ्कले जनाएको छ । राष्ट्रिय भूमि आयोग मकवानपुरका अनुसार जिल्लाको १० वटा स्थानीय तह रहेकोमा सो सङ्ख्यामा घरपरिवार भूमिहीन रहेको बताइएको छ ।

आयोगका सदस्यसचिवसमेत रहनुभएका नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदीले जिल्लाको १० वटा स्थानीय तहमा गरी तीन हजार दुई सय २१ जना भूमिहीन दलित, दुई हजार चार सय ६३ जना भूमिहीन सुकुम्वासी रहेका छन् । साथै ३३ हजार तीन सय २६ जना अव्यवस्थित बसोबासीले जग्गा प्रमाणपत्रका लागि निवेदन दिएको बताइएको छ ।

प्रमुख सुवेदीले जिल्लाको बाग्मती गाउँपालिकामा तीनजना भूमिहीन दलित परिवारले लालपुर्जा प्राप्त गरिसकेको तथा अझै ३० जनाले जग्गा प्राप्त गर्ने तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

राष्ट्रिय भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहालले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीले छिट्टै नै जग्गाधनी प्रमाणपत्र लालपुर्जा प्राप्त गर्ने र त्यसअनुसार काम भइरहेको बताउनुभयो ।

मकवानपुरको बाग्मती, वकैया गाउँपालिकाको दुईवटा वडा तथा हेटौँडा उपमहानगरपालिकाको ११ नं वडामा लालपुर्जा वितरण गर्न आवश्यक काम भइरहेको उहाँले बताउनुभययो । अध्यक्ष दाहालले चुरे तथा विभिन्न वन आरक्षण क्षेत्रभित्र रहेको स्थानमा लालपुर्जा वितरण गर्न नसकिनेसमेत जानकारी गराउनुभयो ।