२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुल बिस्फोटमा १३ अमेरिकी सैनिकसहित मृतकको संख्या ६० पुग्यो



अ+ अ-

काठमाडौं ।  अफगानिस्तानको राजधानी काबुलस्थित काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मघाती हमलामा कम्तीमा १३ अमेरिकी सैनिकसहित ६० जनाको मृत्यु भएको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उद्धारका लागि विमानस्थल पुगेका विदेशी नागरिक र विशेष गरी अमेरिकी सैनिकलाई लक्षित गरी भएका बिस्फोटमा मृत्यु हुने अमेरिकी सैनिकको संख्या १३ पुगेको हो।

काबुलका स्वास्थ्य अधिकारीहरूले बिस्फोटमा मारिने सर्वसाधारणबारे फरक(फरक तथ्यांक दिएका छन्। केहीले ३० देखि ६० जना मारिएको बताएका छन् भने तालिबानका एक जना प्रवक्ताले १३ सर्वसाधारण मारिएको र ६० जना घाइते भएको बताएका छन्।

पश्चिमी जासुसी संयन्त्रहरुले त्यहाँ आतंकवादी हमलाको चेतावनी दिएको केही घन्टापछि नै विष्फोट भएको हो । बिहीबार साँझको बिस्फोटको जिम्मा मुस्लिम आतंकवादी समूह स्लामिक स्टेटले लिएको छ। अफगानिस्तानमा रहेका आफ्ना समर्थकहरूका लागि उक्त बिस्फोट गरिएको उक्त समूहले बताएको छ।

उता अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त बिस्फोटले आफू विक्षिप्तसँगै आक्रोशित भएको बताएका छन्।

बिस्फोटपछि ह्वाइटहाउसबाट सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले अमेरिकीहरूको ज्यान लिनेलाई नछोड्ने बताएका छन्।