२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिकप्टर उद्धारको प्रक्रिया पूरा गर्दागर्दै सुत्केरीको मृत्यु



अ+ अ-

काठमाडौं । उद्धार गर्ने झन्झटिलो प्रक्रियाका कारण गोरखाको दुर्गम चुम्चेत गाउँमा सुत्केरीको मृत्यु भएको छ। सडक सञ्जालले नजोडिएको सो गाउँमा हेलिकप्टरका लागि प्रक्रिया पूरा गर्दागर्दै सुत्केरी हिसे डोमा लामाको मृत्यु भएको स्थानीय फुर्बा याङ्जेन लामाले जानकारी दिइन्।

चुमनुब्री–६ कोम्बाकी २५ वर्षीया हिसे डोमाको बिहीबार दिउँसो ३ बजे मृत्यु भएको हो। ‘बच्चा त बुधबार राति १२ बजे नै जन्मिएको रहेछ। सालनाल नझरेपछि मृत्यु भएको हो,’ उनले भनिन्, ‘उद्धार गर्न हेलिकप्टर ल्याण्ड गर्नु र मान्छे मरिसक्यो भनेर फोन आउनु एकै चोटी भयो।’ सो गाउँमा बाक्लो हुस्सुका कारण हेलिकप्टर अर्को गाउँ चुम्लिङमा बसेको थियो। 

सुत्केरीको उद्धारका लागि महिला, बालबालिका तथा जनसंख्या मन्त्रालयले हेलिकप्टर पठाएको थियो।

बिहीबार बिहानैदेखि हेलिकप्टरका लागि प्रक्रिया थालिएको थियो। तर, दिउँसो ३ बजेसम्म पनि उपलब्ध हुन सकेन। पर्खदापर्खंदै महिलाको मृत्यु भयो। हेलिकप्टरका लागि स्वास्थ्यचौकीले स्वास्थ्य शाखालाई, स्वास्थ्य शाखाले गाउँपालिकालाई, गाउँपालिकाले जिल्ला प्रशासनलाई र जिल्ला प्रशासनले महिला, बालबालिका तथा जनसंख्या मन्त्रालयलाई खबर गर्नुपर्ने व्यवस्था रहेको गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङले जानकारी दिइन्। 

‘प्रक्रिया पूरा गर्दैमा चार घण्टा जति बित्यो होला’, उनले भनिन्, ‘सबै निकायबाट जतिसक्दो चाँडो प्रयास त गरेकै हौं।’ 

हेलिकप्टरमार्फत उद्धार गरिदिन आफूलाई साढे १२ बजे खबर आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताए। गाउँपालिकाबाट प्रशासन कार्यालयमा सवा १ बजे खबर प्राप्त भएको कार्यालयका प्रशासकीय अधिकृत हर्क रोकाले बताए। ‘मैले सबै प्रक्रिया पूरा गरी महिला, बालबालिका तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दा २ बजेको थियो’, रोकाले भनेको समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।