२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा दैनिक तीन लाख व्यक्तिलाई कोरोनाविरुद्धको खोप



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको बताएका छन् ।

सरकारले तीव्र गतिमा कोरोना खोप लगाउने कार्यलाई प्राथमिकता दिएको भन्दै उनले हालसम्म ९० लाख ७७३ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेको बताए । प्रतिनिधि सभा शिक्षा स्वास्थ्य समितिको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले सरकारले खोप लगाउने कार्यलाई प्राथमिकतामा राखेको जानकारी दिए । विकट जिल्लामा खोप लगाउनका लागि प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले जापानले उपलब्ध गराएको पाँच लाखभन्दा बढी मात्रा खोप मौज्दात रहेकाले त्यसलाई विद्यार्थीका लागि छुट्याएर बाँकी खोप लगाउन थालिएको बताए । 

राज्यमन्त्री श्रेष्ठले स्वास्थ्य क्षेत्रमा हाल २० हजार जनशक्ति कम भएको उल्लेख गर्दै यसलाई पूर्ति गर्दा कोरोनाविरुद्ध लड्न सहज हुने बताए । बैठकमा अधिकांश सांसदले विद्यालय सञ्चालन गर्नका लागि छिटै खोपको व्यवस्था गर्न आग्रह गरेका थिए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। आरपी बिच्छाले सङ्क्रमण बढिरहेकोले यसको नियन्त्रणका लागि लाग्नुपर्ने बताए । 

अहिले विद्यालय खोल्न हतार गर्न नहुने भन्दै उनले बालबालिकाका लागि खोप आई नसकेकोले विद्यालय खोल्न हतार गर्न नहुने उल्लेख गरे । विश्वमा १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मात्र कोरोनाविरुद्धको खोप दिइएको उल्लेख गर्दै उनले उक्त समूहका लागि फाइजर र मोर्डनासँग छलफल भइरहेको जानकारी गराएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।