१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै



file
अ+ अ-

काठमाडौँ ।  सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक आज मंगलबार बस्दैछ ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

आजको बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि गठबन्धन भित्रका दलहरुबीचको सिट बाँडफाँटको टुंगो लगाउने जनाइएको छ ।

सोमवार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँटबारे सहमति नजिक पुगेको बताएको थियो ।