४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट

बन्दी विल किल जस्टिस !

बन्दी विल किल जस्टिस !
अ+ अ-

सत्य तथा मेलमिलाप संयन्त्रको निर्माण गरिँदा राजनीतिक साहस, इच्छाशक्ति र विवेकका साथ दण्डहिनताको अन्त्य गर्न जवाफदेहितालाई मूल मुद्दा बनाइनुपर्दछ । यसका निम्ति राजनीतिक दलहरुको धुत्र्याइँको सट्टा बुद्धिमताको आवश्यकता छ । राजनीतिक दलहरुले समेत विगतका चोटहरुबाट सिक्नु जरुरी छ ।

“तैं चूप मैं चूप” को सिद्धान्त अबलम्बन गरेमा कालान्तरमा यसको परिणाम भयावह हुन जान्छ । मल्लिक आयोगले दोषी ठह-याएका व्यक्तिहरु पन्ध्र वर्षको अन्तराल पश्चात् समेत कसरी सत्ता हत्याउन सफल भई कुन हदको खुङ्खारपूर्ण ज्यादतीमा उत्रिए त्यसको लेखाजोखा विगत जनआन्दोलनमै भइसकेको छ ।

वर्तमान राजनीतिक समिकरणले कुनै समय भयंकर मानवअधिकार उल्लंघनकारीहरुलाई गौरवशाली विजेताको स्थान दिलाएको छ जसका कारण “विजेताको न्याय” हावी भई अतितका ज्यादतीहरु ओझेलमा पर्ने गम्भीर खतराका संकेतहरु देखा परेका छन् । द्वन्द्वको क्रममा सैन्य आवश्यकता भन्दा नागरिक जनधन निशाना बनाइएको तथा हदैसम्मको क्रुरता, वर्वरता एवं अमानवीयकरणका कहालीलाग्दा घटनाहरुको अभिलेख जगजाहेर छ ।

बेपत्ता पारिएका सयौं घटनाहरुमा कुनै पनि आरोपितहरुलाई सजाय गरिएको छैन । यहाँसम्मकी उदाहरणको लागि चर्चित दोरम्वा काण्ड तथा काभ्रेको मैना सुनुवारको हत्या तथा उनलाई सैन्य ब्यारेकमै गाडिएको तथ्य सेनाकै अनुसन्धानले स्थापित गरिसक्दा समेत न्यायनिरुपण हुन सकेको छैन न त आठ वर्षकी बालिका काजोल खातुनलाई बसभित्रै आगो लगाएर ज्यान लिने दोषीहरुनै न्यायको कठघरामा ल्याइएका छन् ।

काठमाडौको भैरवनाथ गणबाट वेपत्ता पारिएका नागरिकको दर्दनाक कहानी तथा चितवनको बाँदरमुढेमा बारुदी सुरुङमा पारी मारिने बसका निर्दोष यात्रुहरुको अत्यास लाग्दो घटना पनि सधैका लागि ओझेलमा पर्ने त होइन भन्ने आशंका उठिरहेको छ ।