२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले ल्याएको अध्यादेशविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै



अ+ अ-

काठमाडौं ।  सर्वोच्च अदालतमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ विरुद्ध दायर भएका ६ वटा रिट निवेदनमाथि आज सुनुवाइ हुँदै छ। 

सर्वोच्च अदालतमा अधिवक्ताहरु निकेशकुमार लम्साल र अनुपा अर्याल, अधिवक्ता अर्जुनकुमार अर्याल र सकुन्तला भुसाल,  अधिवक्ता प्रवेश केसी, अधिवक्ता श्रीकान्त बराल, अधिवक्ता दलबहादुर धामी, सरोज बुढाथोकी र आशिष श्रेष्ठले गत भदौ ३ गते बदरको मागसहित छुट्टाछुट्टै रिट निवेदन दायर गरेका हुन्।

छुट्टाछुट्टै  दायर भएका रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जनाकारी दिए। 

राजनीतिक दलसम्बन्धी अध्यादेश भाद्र २ गते राष्ट्रपति विद्यादेवि भण्डारीले  प्रमाणीकरण गरेकी थिइन्।  राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै एमाले र जनता समाजवादी पार्टी विभाजित भएका छन्। 

सरकारले सङ्घीय संसद्को अधिवेशन अन्त्य गरेको भोलिपल्टै अध्यादेश ल्याउनु गैरसंवैधानिक भएकाले सरकारको उक्त निर्णय बदर गर्न अन्तरिम आदेशको माग रिट निवेदनमा गरिएको छ।