२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातारको वर्षाले बुटवलको तुलसिनगर क्षेत्र डुबानमा, पुर्व-पश्चिम राजमार्ग अवरुद्ध (भिडियोसहित)



अ+ अ-

बुटवल । लगातार वर्षाभएसंगै बर्दाघाट बुटवल सडकखण्डको तुलसिनगर क्षेत्र डुबानमा परेको छ ।

हिजो (बिहिबार राती) देखी लगातार रुपमा पानी परेपछि सो क्षेत्र जलमग्न भएको हो । डुबानका कारण पुर्व पश्चिम राजमार्ग पनि अवरुद्ध भएको छ । स्थानी वासिन्दाहरु त्रसित भएका छन् । राजमार्गमा रात्रीकालिन बसहरु र मालवाहक सवारी साधनहरु बिचमै अडकेर बसेका छन् ।

सो क्षेत्रमा भएका सबै स्थानीहरुलाई घर बाहिर ननिस्कन पनि सुचित गरिएको छ ।