१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरकी उपप्रमुख डंगोलसँग अष्ट्रेलियाकी राजदूत भोल्कको भेट



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गर्नुभएको छ । आज राष्ट्रिय सभा गृहमा भएको भेटका बेला समावेशी सहर व्यवस्थापन सिकाइ अभ्यासका विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा राजदूत भोल्कले उपप्रमुख डंगोललाई २ हप्ते क्षमता विकास तालिमका लागि निमन्त्रणा गर्नुभएको छ ।

भेटका क्रममा उपप्रमुख डंगोलले, काठमाडौँ महानगरपालिकाले अन्तरराष्ट्रिय १८ वटा नगरहरुसँग भगिनी सम्बन्ध स्थापना गरेर सहरी व्यवस्थापन र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । सम्बन्ध स्थापना भएका नगरका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई यस बर्षको इन्द्रजात्रा अवलोकनका लागि निमन्त्रणा गरिएको जानकारी दिँदै उहाँले अष्ट्रेलियाको नगरहरुको व्यवस्थापनका अभ्यास र काठमाडौँको सांस्कृतिक गरिमा आपसी आदान प्रदानका विषय बन्न सक्ने बताउनुभयो ।

विकास र सम्पदा संरक्षणसँगै महिला, दलित, आदिबासी, अल्पसंख्यक तथा जेष्ठ नागरिकको सुरक्षा र संरक्षणका कामलाई आफूले प्राथमिकतामा राखेको बताउँदै उपप्रमुख डंगोलले, योजना र प्रक्रियाबाट लक्ष्यमा पुग्ने प्रयास गरिरहेको बताउनुभयो । भेटका क्रममा राजदूत भोल्कले काठमाडौँ महानगरले समावेशी चरित्रको सहर निर्माणका लागि लिएको नीति, अघि सारेका कार्यक्रम, महिला ससक्तिकरण र नीतिगत तहमा महिलाहरुको नेतृत्वलगायतका विषयमा जिज्ञासाा राख्नुभएको थियो । त्यस्तै भगिनी सम्बन्ध भएका सहरहरुसँग गरिने क्रियाकलापका विषयमा पनि राजदूतको जिज्ञासा थियो ।

हामीले पेशागत अवसरका रुपमा नेपालका पालिका र प्रदेश तहबाट अधिकारीहरुको तालिमका लागि वित्तिय व्यवस्थापन, सार्वजनिक सेवा, शिक्षालगायत विषय प्रस्ताव गरेका छौँ । अष्ट्रेलियामा आउँदो बर्ष निर्वाचन हुने भएकोले त्यसलाई असर नहुने गरी कार्यक्रम आयोजना गर्दैछौँ । त्यसमा तपाईँ पनि आउनुहुनेछ भन्ने अपेक्षा गरेको छु । राजदूतको भनाइ थियो ।

त्यस अवसरमा दूताबासका विकास प्रमुख कविथा कास्यानाथान, महानगरको अन्तराष्ट्रिय सम्बन्ध सचिवलायका प्रमुख सुदर्शन भट्टराई, उपप्रमुखको सचिवालयका प्रमुख सौरभ गौत्तमलगायत पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।