९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

पूर्वाधार साझेदार निकाय संग महानगरप्रमुखसाहको छलफल

पूर्वाधार साझेदार निकाय संग महानगरप्रमुखसाहको छलफल
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, योजनाबद्ध सहरी विकासमा जोड दिँदै, स्रोत, सीप र समयको दोहोरो खर्च हुने खालका योजनालाई एउटै बनाउनु पर्नेमा जोड दिनुभएको छ । आज राष्ट्रिय सभा गृहमा उहाँकै अध्यक्षतामा बसेको पूर्वाधार निर्माण कार्यको समन्वय गर्न गठित समितिको बैठकमा प्रमुख शाहले यस्तो बताउनुभएको हो ।

भित्री सहरी क्षेत्रमा पर्व लक्षित सामाजिक, सांस्कृतिक र धार्मिक गतिविधि सुरु भइसकेकोले त्यस क्षेत्रमा गर्नु पर्ने पूर्वाधार सुधारका कामलाई प्राथमिकतामा राख्न प्रमुख शाहको आग्रह थियो ।

बैठकमा उहाँले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयलाई पाइप लाइनको परीक्षण कहिले पूरा हुन्छ भन्ने प्रश्न सोध्नुभएको थियो । त्यसैगरी नेपाल विद्युत प्राधिकरणका अधिकारीलाई, भूमिगत तारको सञ्जाल कति दिगो छ? यो प्रविधिका विषयमा प्रश्न आएका छन्, तपाई के भन्नुहुन्छ? भन्ने प्रश्न राख्नुभएको थियो । बैठकमा उहाँले, सडकका खाल्टाखुल्टी पुर्ने, नदी किनाराको करिडोर निर्माण गर्ने, अण्डरपास सञ्चालन गर्ने, चक्रपथको सुधारलगायत विषयमा अधिकारीहरुसँग प्रगति माग गर्नुभएको थियो ।

काठमाडौँको एकीकृत विकासका लागि हरेक महिनाको पहिलो सोमबार महानगरका प्रमुख शाहको अध्यक्षतामा बैठक बस्ने गरेको छ । यस क्रममा आज बसेको बैठकमा प्रस्तुत एजेन्डामध्ये अहिलेसम्म गरिएका कामको समीक्षामा उहाँले आफ्नो क्षेत्राधिकारभित्र भएका योजना, तिनको कार्यान्वयनका सन्दर्भमा कुरा गर्दै साझेदारले गरेका कामको जानकारी लिनुभएको हो ।

बैठकमा सडक विभागका सुपरिटेन्डेन्ट इञ्जिनियर डा. विजय जैसीले दशँैसम्ममा सडकको कालोपत्रे थप गर्ने (ओभर ले) गरिसक्ने योजना सुनाउनुभयो । डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख नारायणप्रसाद निहुरेले, सतहको पानीले सडकमा पुग्ने क्षति घटाउन काम भइरहेको जानकारी दिनुभयो । रणनीतिक सडकको मर्मत सम्भार, पुराना सडक संकेत पुनस्र्थापनामा अहिले काम भइरहेको उहाँको भनाइ थियो ।

प्रहरी नायव महानिरीक्षक एवं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख मीरा चौधरीले बेसमेन्ट पार्किङ्का लागि अभियान थालिएको बताउँदै सडकमा भएका सवारी जमिन तलाको पार्किङ्मा लगेपछि सडक व्यवस्थापनमा सहज हुने अपेक्षा गर्नुभयो । यातायात व्यवस्था विभागका निर्देशक ईश्वरीदत्त पनेरुले, यातायात सम्बन्धी कानुन निर्माणमा काम गर्नुपर्ने खाँचो देखाउनुभयो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ईञ्जिनियर मिलनकुमार शाक्य, आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक रविन्द्र पोखरेल, आयोजना उपनिर्देशक चन्द्रकुमार पाँ श्रेष्ठसहित अधिकारीले प्रणाली विस्तारका लागि खनिएका सडकका खाल्टा पुर्ने तथा कालोपत्रे गर्ने काम थालिएको उल्लेख गर्नुभयो । त्यसैगरी काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त नवराज प्याकुरेलले, खानेपानीको दिगो उपयोग र नदी प्रणालीको संरक्षणका लागि अहिलेबाट नै काम थाल्नु पर्ने धारणा राख्नुभयो ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी कमल अर्यालले, गएको बर्ष विष्णुमती नदी किनारामा विभिन्न ५ ठाउँमा अन्डरपास खोलिएको जानकारी दिनुभयो । काठमाडौँका बागमती नदी प्रणालीसँग काठमाडौँ महानगरका १६ वटा भक्तपुरका २ वटा र ललितपुरका २ वटा वडा जोडिन्छन् । यस ठाउँका अव्यवस्थित बस्तीलाई व्यवस्थापन गर्न सकिएन भने सुधार सार्थक हुँदैन । अर्यालको भनाइ थियो ।

उहाँहरुले महानगरको एकीकृत र दिगो विकासका लागि काठमाडौँ महानगरपालिकाले गुरुयोजना बनाएर नेतृत्व गर्नुपर्ने सुझाव दिनुभयो । यसअन्तर्गत योजना कार्यान्वयनका चरण तोकेर कामको जिम्मेवारी दिनुपर्ने सुझाव दिनुभएको थियो ।

छलफलमा दिगो सहरी यातायात, फोहोरमैला व्यवस्थापन, अनधिकृत पार्किङ्, पुराना र स्वामित्व नजनिने सवारी साधनको व्यवस्थापन, ई रिक्साको व्यवस्थापन, तरल फोहोर व्यवस्थापन, ढल निकास, सेफ्टी ट््याङ्क निर्माणलगायतका विषय उठान भएका थिए ।

बैठकमा नेपाल विद्युत प्राधिकरण वीरेन्द्रकुमार सिंहले, काठमाडौँ आउँदो १ महिनाभित्र लैनचौरदेखि महाराजगञ्जसम्म, धोवीखोला करिडोरलगायत क्षेत्रमा भूमिगत गरिएको विद्युत प्रणाली चार्ज गरिसक्ने जानकारी दिनुभयो ।