१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली राजमार्ग ३६ घण्टा अवरुद्ध हुने



फाईल फोटो
अ+ अ-

मान्म । कर्णाली राजमार्गका दुई ठाउँमा ३६ घण्टा अवरुद्ध हुने भएको छ । कर्णाली राजमार्गमा बनेका पक्की पुलको भार क्षमता जाँच गर्नका लागि राजमार्ग अवरुद्ध गर्न लागिएको हो ।

कर्णाली राजमार्गअन्तर्गत दैलेख आठबिस नगरपालिका–५ घट्टेखोला पुल र कालीकोट नरहरिनाथ गाउँपालिका–८ को कर्णाली नदीमा बनेको पक्की पुलको भार क्षमता जाँच गर्नका लागि राजमार्ग अवरुद्ध हुने भएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाको पत्रअनुसार घट्टेखोलामा बनेको पक्की पुल भार क्षमता जाँच गर्नका लागि भदौ ७ गते मङ्गलबार बिहान ६ बजेदेखि करिब ३६ घण्टा बन्द हुनेछ ।

सडक डिभिजन कार्यालय, जुम्लाले अनिवार्य पुलको टेष्टिङ गर्नुपर्ने भनेकाले कर्णाली राजमार्ग अवरुद्ध हुने भएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो । “प्राविधिक रुपले पुलका भार क्षमता जाँच गर्नुपर्ने रहेछ”, उहाँले भन्नुभयो, “भार क्षमता जाँच यातायात साधन बन्द गर्नुपर्ने भएका कारणले कर्णाली पुल र घट्टेखोला पुल क्षेत्रमा यातायात बन्द हुनेछन् ।”

राजमार्गको दुवैतर्फको आवातजावत बन्द रहने र यात्रु सवारी साधनलाई आवातजावतका लागि त्यही अनुसार व्यवस्थापन गर्न आदेश गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताउनुभयो । “कर्णाली राजमार्ग बन्द रहने विषयमा जिल्ला प्रशासन कार्यालय कालीकोट, सुर्खेत, जुम्ला र मुगुलाई जानकारी दिइएको छ”, उहाँले भन्नुभयो, “यात्रुहरु त्यो समयमा असुविधा हुने भएको छ ।”