२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र साह एक्शनमा



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले बानेश्वर आसपासमा रहेका अण्डरग्राउण्डका पसल हटाउन शुरु गरेको छ ।

सोमवार बिहानदेखि नयाँ बानेश्वरमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरीसहित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आफैँ अण्डरग्राउण्डका पसल हटाउन ‘एक्शन’मा उत्रिनुभएको हो । मेयर साहले घरधनीहरुले अण्डरग्राउण्डमा पार्किङको व्यवस्था गर्ने भनेर नक्शा पास गरेपनि घर बनाइ अण्डरग्राउण्डमा पार्किङ नबनाइ पसल राख्न दिएको भन्दै ढलान भत्काएर पार्किङ खुला गर्नुभएको हो ।

महानगरपालिकाले ३५ दिनअघि नै अण्डरग्राउण्डका पसल हटाउन र त्यो ठाउँमा पार्किङको व्यवस्था गर्न सूचना निकालेको थियो । तर त्यो सूचना जारी भएको ३५ दिन बढी हुँदा पनि कार्यान्वयन नभएको भन्दै मेयर साह आफैं मैदानमा उत्रिनुभएको हो । मेयर साहले अण्डरग्राउण्डमा पसल गर्ने सबै व्यवसायीहरुलाई तत्काल पसल नहटाए महानगर आफैँले पसल हटाउने भन्दै चेतावनी दिनुभयो ।

मेयर शाहले नक्स्शापास भए बमोजिम घरको अण्डरग्राउण्डमा पसल भए तुरुन्त खालि गरेर पार्किङका लागि खुला गर्न निर्देशन दिनुभयो । यता,नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नविन लुर्इंटेलले घरधनीहरुले महानगरमा घरको नक्शा पास गर्दा अण्डरग्राउण्ड पार्किङको लागि भनिएपनि पसल राख्न दिँदा व्यवसायीहरु मर्काका परेको बताउनु भयो । उहाँले व्यवसायीहरुले व्यवसाय गरिरहेको स्थानमा एक्कासी हटाउँदा व्यवसायीको सामान व्यवस्थापन गर्न समस्या भएको बताउनु भयो । उहाँले घर धनीसँग सम्झौता गरेर व्यवसाय गरेका न्यून आम्दानी भएका व्यवसायीहरुको विषयमा घरधनी र महानगरले राहत दिनुपर्ने बताउनु भयो ।

अण्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन भनेर निकालिएको ३५ दिने सूचनाको म्याद सकिएको छ । म्याद सकिएको भन्दै महानगरले पार्किङ भनेर नक्शा पास भएका तर अन्यरुपमा प्रयोग भएका संरचनाहरुको अनुगमन, खोजि र कारबाही शुरु गरेको छ । महानगरले आफ्नो क्षेत्राधिकार भित्र अण्डरग्राउण्ड हटाएमा शहरमा पार्किङ समस्याको वास्तविकता पहिचान भएर सडकमा पार्किङ गर्नुपर्ने बाध्यता कम हुनेछ ।