७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटर ब्याजी साह पक्राउ



अ+ अ-

महोत्तरी । महोत्तरी प्रहरीले पक्राउ गरेको मिटर ब्याजी अनुरुद साहलाई ससुराली घरबाट ७१ लाख बढीको कपाली तमसुक बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका अनुसार साहले १३ व्यक्तिसँग मिटर ब्याज चलाएर रु २० लाख ३३ हजार ठगी गरेको व्यहोराको उजुरी विगत डेढ वर्षदेखि जिल्ला प्रशासनमार्फत प्राप्त भई फरार रहेको मुद्दामा शनिबार पक्राउ परेको हो । उनको ससुराली घरबाट रु ७१ लाख ४४ हजार तीन सय ५० को नौ थान कपाली तमसुक बरामद भएको हो ।

महोत्तरी, धनुषासहित पूर्वको झापा जिल्लासम्मका मानिससँग मिटर ब्याजको कपाली तमसुक गराएको नौ थान कपाली तमसुक प्रहरीले साह बस्दै आएको धनुषा जनकपुर उपमहानगरपालिका–७ ससुराली घरबाट बरामद गरेको हो ।

अनुरुदले रु ५० हजारदेखि नौ लाखसम्मको कागज बनाएको, कतिको १२ गुणा बढीको कागज बनाएको र कतिलाई ब्याजको रकम माफ गरिदिन यौन प्रस्ताव गरेको तथा दर्जनौँ बढी व्यक्तिको थात थलो हडपेको भनेर जिल्ला प्रशासन कार्यालयमा १४ जनाको उजुरी रहेको छ ।

निज साह उपर २०७७ माघ २९ गते महोत्तरी जिल्ला अदालतमा १४ जनाले रु ४२ लाख ९२ हजार एक सय ९० बिगो दाबीसहित ठगी तथा आर्थिक शोषण मुद्दा दिएकोमा उनलाई अदालतले एक लाख ५० हजार धरौटी राखी तारेखमा छाडेको छ भने सो मुद्दा अझै पनि अदालतमा विचाराधीन छ ।

मिटर ब्याजी अनुरुदलाई प्रहरीले करिब डेढ वर्षको प्रयासपछि शनिबार निजको आफ्नै गाउँमा भंगहा नगरपालिका–५ बाट पक्राउ गरेको थियो भने निजलाई महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाएको हो ।

अनुरुदसँग आर्थिक शोषण तथा ठगीमा परेका थप व्यक्तिसँग उजुरी लिने क्रम पनि भइरहेको प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले बताउनुभयो ।