२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुल्यो मुग्लिन–नारायणघाट सडक खण्ड



file
अ+ अ-

काठमाडौं । अविरल बर्षासंगै गएको पहिरोका कारण हिजो बेलुकीदेखि बन्द भएको मुग्लिन-नारायणघाट सडक खण्ड खुलेको छ ।

मुग्लिन नारायणघाट सडक खण्ड अन्तर्गत सेतीदोभानमा गएको पहिरो हटाएपछि सडक खुलेको हो । 

डिभिजन सडक कार्यालयका सूचना अपिकारी इं शिव खनालका अनुसार आज बिहान ५ः३० बजेबाट पहिरो पन्छाउन थालिएको थियो । पहिरो पन्छाएसंगै बिहान सवा ९ बजेबाट सडक खण्ड खुलेको हो । 

यस्तै मुग्लिन – नारायणघाट सडकखण्डकै चारकिलोमा भने एकतर्फी मात्रै सडक खुलेको छ । पहिरोका कारण गएरातिदेखि यो खण्ड पनि बन्द थियो । अहिले पहिरो पन्छाएर एकतर्फी बाटो खुलाइएको प्रहरीले जनाएको छ ।