९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

भदौँ लाग्दासम्म रोपाईँ नहुदाँ बाँकेको नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा

भदौँ लाग्दासम्म रोपाईँ नहुदाँ बाँकेको नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा
अ अ+ अ-

बाँके । बाँके जिल्लाको नरैनापुर गाउँपालिका–५ मटैहयाका श्यामताप्रसाद लोनियाले पुस्तौँदेखि ४२ कठ्ठा खेतमा धानखेती गर्दै आउनुभएको थियो ।

आफूलाई पुगेर केही धान बिक्री पनि गर्नुहुन्थ्यो । उहाँले यो वर्ष १५ कठ्ठामा मात्र धान रोपाइँ गर्न सक्नुभयो । सिँचाइ सुविधाको अभावमा उहाँको आधाभन्दा बढी जमिन बाँझै रह्यो । यस वर्ष राम्ररी वर्षा नहुँदा १५ कठ्ठामा रोपेको धानबाली पनि बोटमै सुक्न थालेपछि भोकमरीको चिन्ताले सताउन थालेको उहाँ दुखेसो गर्नुहुन्छ । खेतमा सुकिरहेको धान टुलुटुलु हेर्नेुबाहेक उहाँसँग अर्को विकल्प पनि छैन ।

त्यही खेतीका भरमा २० जनाको परिवार पालिँदै आएको उहाँको परिवार दुई हप्तादेखि खेतमा पुग्न सकेको छैन । “खेतमा पुग्दा मन त्यसै पोल्छ, त्यसैले खेतमा जान छाडेँ”, लोनियाले भन्नुभयो, “२७ कठ्ठा खेतमा झार पलाएको छ । गरेको रोपाइँ पनि पानी नभएर सुक्यो । अब के खाएर बाँच्ने भोकै बस्नुपर्ने अवस्था आयो ।”

असार–साउनभित्र नरैनापुरमा एकपटक मात्र हल्का वर्षा भयो । आकासेपानीले एउटा खाल्टो पनि भरिएन । नरैनापुर गाउँपालिका–५, मोतिपुरका शशिराम बुढाथोकीले सात कठ्ठा खेतमा मात्र धान रोपाइँ गर्नुभयो । उहाँले जमिनमुनिबाट पानी तानेर रोपाइँ गर्नुभएको थियो । उहाँले पनि आधा जमिनमा रोपाइँ गर्न सक्नुभएन । रोपेको बिरुवा मर्न थालेपछि मोटर चलाएर सिँचाइ गर्न खोज्दा पनि पानी नआएपछि चिन्तित बन्नुभएको छ ।

बोरिङ चलाउन २०० लिटर डिजल चाहिन्छ । एक कठ्ठा खेतमा तीनदेखि चार घण्टा पानी चलाउँदा पनि एक हजार २०० देखि एक हजार ६०० रुपैयाँ खर्च लाग्छ । बुढाथोकीले भन्नुभयो, “पैसा हुनेले त गर्लान् । एउटा गरीब किसानले रोपाइँ गर्न पैसा कहाँबाट ल्याउने रु हामी त बर्बादै भयौँ । पानीको अभावमा पशुपालनसमेत गर्न गाह्रो भयो ।”

यस्ता उदाहरण नरैनापुरमा धेरै छन् । लामो खडेरीका कारण नरैनापुरका हातेपम्प र बोरिङबाट पानी आउन छाडेको छ । नरैनापुर मटैहया–५ का रामनिवास यादवले डेढ बिगा जमिन खेतीमा धान र मकै लगाउनुभएको छ । “पानी चहार्दै गयो पानी सुक्दै जान्छ खेत पनि भिज्न पाएन ।” वडा नं ४ सम्म नहर खनिसकेका अवस्थामा पनि पानी नछोडदिँदा किसान मर्कामा परेका हुन् ।

रासस“राप्तीको पानी भारतमा त्यसै बगिरहेको छ, हामी पानीविना छटपटाइ रहेका छौँ”, रामनिवासले भन्नुभयो । उहाँले अकासबाट पानी नपरेपछि वैकल्पिक सिँचाइको व्यवस्था गरेर भए पनि सिँचाइको प्रबन्ध गर्नुपर्ने सुझाव दिनुभयो । खानेपानीको ट्याङ्कीमा बोरिङबाट पानी भरेर सिँचाइ गर्न सकिन्थ्यो । “सुख्खा क्षेत्र घोषणा गरेर किसानको थालमा भात आउँदैन खेतमा हरियाली हुँदैन”, उहाँले भन्नुभयो ।

आकासे पानीको भरमा धानखेती गर्दै आएका किसानले यस वर्ष वर्षात् नहुँदा धान रोप्न पनि पाएनन् । धेरैको खेत बाँझो छ । नरैनापुर गाउँपालिकामा चार हजार दुई सय हेक्टर जमिनमा धानखेती हुँदै आएको थियो । नरैनापुर गाउँपालिकाका कृषि शाखा प्रमुख सदन भण्डारीले अहिलेसम्म १५ प्रतिशत धान रोपाइँ भएको बताउनुभयो ।

“यहाँ १५ प्रतिशत धान रोपाइँ भएको छ, तर रोपेको धान पनि पानी नपुग्दा सुकेकाले उत्पादनको आशा गर्न सकिने अवस्था छैन”, भण्डारीले भन्नुभयो, “खेतीमै निर्भर अधिकांश किसानले शतप्रतिशत खेतमा धानखेती गर्न पनि पाएनन् ।”

“भूमिगत सिँचाइमा पानी रिचार्जको समस्या प्रमुख हो”, ज्ञान केन्द्रका नेपालगञ्जका प्रमुख सागर ढकालले भन्नुभयो, “भोलि खानेपानीको समस्या पनि पर्नसक्ने अवस्था छ । त्यसैले वैकल्पिक बालीको अवधारणा ल्याउने तयारीमा छौँ । प्रदेश र सङ्घीय सरकारसँग सहयोगका लागि समन्वय गरिरहेका छौँ ।”

सुक्खा क्षेत्र घोषणा

धान रोपाइँ नभएपछि नरैनापुरले गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गरेको छ । यस पालिकामा करिब १५ प्रतिशत जमिनमा धान रोपाइँ भएको र रोपाइँ भएको धान पनि सुक्दै गएपछि गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गर्नुपरेको अध्यक्ष सैयद इस्तियाक अहमद शाहले बताउनुभयो ।
“किसानको मर्म प्रकृतिले पनि बुझेन । नरैनापुरका खेतमा धान रोपाइँ हुन सकेन । नेपालगञ्जमा परेको पानी नरैनापुरमा पर्दैन”, उहाँले भन्नुभयो, “मोटर र बोरिङको सहारामा रोपेको धान पनि खेतमै सुक्यो । सुक्खा क्षेत्र घोषणा गर्नुबाहेकको विकल्प रहेन ।”

नरैनापुरमा पानीको सङ्कट भएपछि कार्यपालिका बैठकले मालपोतमा ८० प्रतिशत कर छुट दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिनुभयो । “सिँचाइका लागि डिप बोरिङलयायत अन्य वैकल्पिक व्यवस्था, सहुलियतस्वरूप डिजलको व्यवस्था र कृषि विद्युतीकरणका साथै कृषि मिटर उपलब्ध गराई विद्युत् महसुल निःशुल्क गर्ने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो, “सङ्घ र प्रदेशमा पनि थप सहयोगका लागि पहल गरिरहेका छौँ ।” रासस