४ आश्विन २०८१, शुक्रबार
,
Latest
अमेरिकामा संविधान दिवस मनाइयो ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट ‘मुभी लभर्स कम्युनिटी’ले ‘आँखा’को विशेष प्रदर्शन गर्ने महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल हाम्रो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय: माधव नेपाल नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार ४३० सहित ६ पक्राउ शिक्षाको हब बन्दै पोखरा प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान सहकारी समितिमा रवि लामिछानेले दिएको बयानमा के छ ? (पूर्णपाठ) सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौँ लाग्दासम्म रोपाईँ नहुदाँ बाँकेको नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा



अ+ अ-

बाँके । बाँके जिल्लाको नरैनापुर गाउँपालिका–५ मटैहयाका श्यामताप्रसाद लोनियाले पुस्तौँदेखि ४२ कठ्ठा खेतमा धानखेती गर्दै आउनुभएको थियो ।

आफूलाई पुगेर केही धान बिक्री पनि गर्नुहुन्थ्यो । उहाँले यो वर्ष १५ कठ्ठामा मात्र धान रोपाइँ गर्न सक्नुभयो । सिँचाइ सुविधाको अभावमा उहाँको आधाभन्दा बढी जमिन बाँझै रह्यो । यस वर्ष राम्ररी वर्षा नहुँदा १५ कठ्ठामा रोपेको धानबाली पनि बोटमै सुक्न थालेपछि भोकमरीको चिन्ताले सताउन थालेको उहाँ दुखेसो गर्नुहुन्छ । खेतमा सुकिरहेको धान टुलुटुलु हेर्नेुबाहेक उहाँसँग अर्को विकल्प पनि छैन ।

त्यही खेतीका भरमा २० जनाको परिवार पालिँदै आएको उहाँको परिवार दुई हप्तादेखि खेतमा पुग्न सकेको छैन । “खेतमा पुग्दा मन त्यसै पोल्छ, त्यसैले खेतमा जान छाडेँ”, लोनियाले भन्नुभयो, “२७ कठ्ठा खेतमा झार पलाएको छ । गरेको रोपाइँ पनि पानी नभएर सुक्यो । अब के खाएर बाँच्ने भोकै बस्नुपर्ने अवस्था आयो ।”

असार–साउनभित्र नरैनापुरमा एकपटक मात्र हल्का वर्षा भयो । आकासेपानीले एउटा खाल्टो पनि भरिएन । नरैनापुर गाउँपालिका–५, मोतिपुरका शशिराम बुढाथोकीले सात कठ्ठा खेतमा मात्र धान रोपाइँ गर्नुभयो । उहाँले जमिनमुनिबाट पानी तानेर रोपाइँ गर्नुभएको थियो । उहाँले पनि आधा जमिनमा रोपाइँ गर्न सक्नुभएन । रोपेको बिरुवा मर्न थालेपछि मोटर चलाएर सिँचाइ गर्न खोज्दा पनि पानी नआएपछि चिन्तित बन्नुभएको छ ।

बोरिङ चलाउन २०० लिटर डिजल चाहिन्छ । एक कठ्ठा खेतमा तीनदेखि चार घण्टा पानी चलाउँदा पनि एक हजार २०० देखि एक हजार ६०० रुपैयाँ खर्च लाग्छ । बुढाथोकीले भन्नुभयो, “पैसा हुनेले त गर्लान् । एउटा गरीब किसानले रोपाइँ गर्न पैसा कहाँबाट ल्याउने रु हामी त बर्बादै भयौँ । पानीको अभावमा पशुपालनसमेत गर्न गाह्रो भयो ।”

यस्ता उदाहरण नरैनापुरमा धेरै छन् । लामो खडेरीका कारण नरैनापुरका हातेपम्प र बोरिङबाट पानी आउन छाडेको छ । नरैनापुर मटैहया–५ का रामनिवास यादवले डेढ बिगा जमिन खेतीमा धान र मकै लगाउनुभएको छ । “पानी चहार्दै गयो पानी सुक्दै जान्छ खेत पनि भिज्न पाएन ।” वडा नं ४ सम्म नहर खनिसकेका अवस्थामा पनि पानी नछोडदिँदा किसान मर्कामा परेका हुन् ।

रासस“राप्तीको पानी भारतमा त्यसै बगिरहेको छ, हामी पानीविना छटपटाइ रहेका छौँ”, रामनिवासले भन्नुभयो । उहाँले अकासबाट पानी नपरेपछि वैकल्पिक सिँचाइको व्यवस्था गरेर भए पनि सिँचाइको प्रबन्ध गर्नुपर्ने सुझाव दिनुभयो । खानेपानीको ट्याङ्कीमा बोरिङबाट पानी भरेर सिँचाइ गर्न सकिन्थ्यो । “सुख्खा क्षेत्र घोषणा गरेर किसानको थालमा भात आउँदैन खेतमा हरियाली हुँदैन”, उहाँले भन्नुभयो ।

आकासे पानीको भरमा धानखेती गर्दै आएका किसानले यस वर्ष वर्षात् नहुँदा धान रोप्न पनि पाएनन् । धेरैको खेत बाँझो छ । नरैनापुर गाउँपालिकामा चार हजार दुई सय हेक्टर जमिनमा धानखेती हुँदै आएको थियो । नरैनापुर गाउँपालिकाका कृषि शाखा प्रमुख सदन भण्डारीले अहिलेसम्म १५ प्रतिशत धान रोपाइँ भएको बताउनुभयो ।

“यहाँ १५ प्रतिशत धान रोपाइँ भएको छ, तर रोपेको धान पनि पानी नपुग्दा सुकेकाले उत्पादनको आशा गर्न सकिने अवस्था छैन”, भण्डारीले भन्नुभयो, “खेतीमै निर्भर अधिकांश किसानले शतप्रतिशत खेतमा धानखेती गर्न पनि पाएनन् ।”

“भूमिगत सिँचाइमा पानी रिचार्जको समस्या प्रमुख हो”, ज्ञान केन्द्रका नेपालगञ्जका प्रमुख सागर ढकालले भन्नुभयो, “भोलि खानेपानीको समस्या पनि पर्नसक्ने अवस्था छ । त्यसैले वैकल्पिक बालीको अवधारणा ल्याउने तयारीमा छौँ । प्रदेश र सङ्घीय सरकारसँग सहयोगका लागि समन्वय गरिरहेका छौँ ।”

सुक्खा क्षेत्र घोषणा

धान रोपाइँ नभएपछि नरैनापुरले गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गरेको छ । यस पालिकामा करिब १५ प्रतिशत जमिनमा धान रोपाइँ भएको र रोपाइँ भएको धान पनि सुक्दै गएपछि गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गर्नुपरेको अध्यक्ष सैयद इस्तियाक अहमद शाहले बताउनुभयो ।
“किसानको मर्म प्रकृतिले पनि बुझेन । नरैनापुरका खेतमा धान रोपाइँ हुन सकेन । नेपालगञ्जमा परेको पानी नरैनापुरमा पर्दैन”, उहाँले भन्नुभयो, “मोटर र बोरिङको सहारामा रोपेको धान पनि खेतमै सुक्यो । सुक्खा क्षेत्र घोषणा गर्नुबाहेकको विकल्प रहेन ।”

नरैनापुरमा पानीको सङ्कट भएपछि कार्यपालिका बैठकले मालपोतमा ८० प्रतिशत कर छुट दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिनुभयो । “सिँचाइका लागि डिप बोरिङलयायत अन्य वैकल्पिक व्यवस्था, सहुलियतस्वरूप डिजलको व्यवस्था र कृषि विद्युतीकरणका साथै कृषि मिटर उपलब्ध गराई विद्युत् महसुल निःशुल्क गर्ने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो, “सङ्घ र प्रदेशमा पनि थप सहयोगका लागि पहल गरिरहेका छौँ ।” रासस