• ८ असार २०८१, शनिबार
  •      Sat Jun 22 2024
  •   Unicode
Logo
Latest
★   मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन – प्रधानमन्त्री दाहाल ★   भारतीय टोलीका ब्याट्सम्यानको प्रदर्शनबाट सन्तुष्ट छैनन् प्रशिक्षक ★   इटालीको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो ★   स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा – उपप्रधानमन्त्री श्रेष्ठ ★   युक्रेनको उर्जा पूर्वाधारमा रुसी आक्रमण ★   बजेटका कारण सत्ता साझेदार दलबीच समस्या नहुने ★   नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट ★   जङ्गली हात्तीको दारासहित तीन पक्राउ ★   तनहुँमा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु ★   प्रहरीद्वारा एक करोडको सामान बरामद

केन्या भ्रमणका लागि क्रिकेट टोलीको बिदाई



photo: CAN

काठमाडौँ । पाँच ट्वान्टी–२० र ३ एक दिवसीय सिरिजका लागि केन्या भ्रमण गर्न लागेको नेपाली टोलीलाई सोमवार नेपाल क्रिकेट संघ (क्यान) ले बिदाई गरेको छ ।

राजधानीमा सोमवार एक कार्यक्रमको आयोजना गरेर अन्तर्राष्ट्रिय भ्रमणमा निस्किन लागेको टोलीलाई क्यानले बिदाई गरेको हो । टोलीलाई क्यानका अध्यक्ष चतुबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह लगाएतले बिदाई गरेका हुन् । बिदाई कार्यक्रमपछि बोल्दै नेपाली टोलीका प्रशिक्षका मनोज प्रभाकरले केन्या भ्रमणका लागि टोलीको तयारी राम्रो रहेको भन्दै राम्रो प्रदर्शन हुने विश्वास व्यक्त गर्नुभयो । अहिलेको अवस्थामा नेपाली टोली कच्चा रहेको बताउँदै वर्षदिन भित्र युवा टोलीले क्रिकेटमा राम्रो नतिजा निकाल्ने बताउनु भयो ।

५ खेलको ट्वान्टी–२० सिरिज भदौ ९ बाट १४ गतेसम्म हुनेछ । ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म आयोजना हुने तालिका रहेको छ । दुवै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ । केन्या भ्रमण नयाँ खेलाडी र पुनरागमन गरेका खेलाडीका लागि महत्वपूर्ण रहेको नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले बताउनु भयो । प्रशिक्षक प्रभाकरका लागि पहिलो भ्रमण भएको र सबै खेलाडी भ्रमणका लागि उत्साहित भएको प्रतिक्रिया दिनुभयो । प्रशिक्षक प्रभाकरको प्रशिक्षणमा खेलमा नयाँ पन आएको भन्दै सबै खेलाडी नयाँ शैलिको खेलका लागि उत्साहित भएको बताउनु भयो ।

त्यस्तै क्यानका अध्यक्ष चतुबहादुर चन्दले आफूभन्दा कमजोर टिमसँग पनि पराजित हुनुपरेको भन्दै अक आफू भन्दा शक्तिशाली टिमसँग प्रतिष्पर्धा गर्न लागेको बताउनु भयो । उहाँले आईसीसीले कोरोना लगायतका विभिन्न कारण देखाएर म्याच सेड्युल नगर्दा नेपाललाई मार परिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ हामी यूएईसँग हारेर टि २० मा छनोट हुन सकेनौँ, त्यो हाम्रो लागि दुर्भाग्य हो । हामीले ४ वटा खेल जितेका थियौँ । आयरल्याण्ड ३ वटा जितेर पनि छनोट भयो । राउण्ड रोबिनको आधारमा भएको भए हामी छनोट हुने सम्भावना बढी थियो । कोरोनाको कारण देखाएर कहिले म्याच नै सेड्युल नगर्ने र गरेपनि पुल बनाएर, डिभिजन गरेर गर्दा हामी जहिले पनि मारमा परेका छौँ, उत्कृष्ट प्रदर्शन हुँदाहुँदै पनि । पछिल्ला लिग २ का सिरिज भने सम्झनलायक रहेनन् । आगामी नामिबियामा हुने खेलमा अभ्यासका लागि केन्या भ्रमण रहनेछ ।’

नेपाली राष्ट्रिय क्रिकेट टोली सोमवार केन्या प्रस्थान गर्दैछ । नेपाली टोली अपरान्ह ४ बजे केन्या प्रस्थान गरेको छ । केन्या भ्रमण गर्न लागेको टोलीमा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् । क्यानले लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।

जसमा ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् भने यु–१९ टोलीका विकेटकिपर अर्जुन साउद पनि टोलीमा अटाएका छन् । राष्ट्रिय टोलीमा पछिल्लो पटक स्कटल्याण्ड भ्रमण गरेका विनोद भण्डारी, कुशल भुर्तेल र सुनिल धमला टोलीबाट बाहिरिएका छन् । केन्या भ्रमणपछि नेपाली टोलीले नामिबियामा आयोजना हुन विश्व क्रिकेट लिग डिभिजन–२ का लागि जानेछ । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित प्रतियोगिताका लागि केन्या भ्रमण युवा टोली र नयाँ प्रशिक्षकका लागि अर्थपूर्ण तरिकाले हेरिएको छ ।