२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहम्मद आफताब आलमको मुद्दाको सुनुवाई हुँदै



अ+ अ-

काठमाडौ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दाको सुनुवाईका लागि सर्वोच्च अदालतले आज पेसी तोकेको छ । सर्बोच्चले  न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा आलमको मुद्दाको पेसी तोकिएको हो ।

सबिधानसभाको निर्बाचनमा समयमा २०६४ साल चैत्र २७ गते आलमका काका शेष इद्रिसको गोठमा बम विष्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा जलाएको आरोपमा आलम पक्राउ परेका थिए ।

घटनाको मुख्य अभियुक्तका रुपमा २०७६ साल असोज २६ गते आलम रौतहट स्थित निबास बाट नै पक्राउ परेका थिए । सरकारले आलमविरुद्ध ३२ वर्ष कैद सजाय मागदाबीसहित तीनवटा मुद्दा दायर गरेको थियो । सोही मुद्दा अनुसार जिल्ला अदालतले गरेको फैसला अनुसार आलम पुर्पक्षका लागि जेल चलान भएका थिए । जिल्ला अदालतको फैसला बिरुद्ध आलम सर्बोच्चमा आएका थिए ।