• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   सिंहदरबारमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेतासँग सभामुखको छलफल जारी ★   चितवनका केराले पाउन थाल्यो बजार ★   वर्षाका कारण केकेआर टोलीको बिचल्ली, फ्लाइट गुवाहाटी मोडियो ★   लगानीको सुनिश्चितता दिनसक्ने हो भने कतारबाट प्रचुर लाभ लिन सकिन्छ: राजदुत ढकाल (अन्तरवार्ता) ★   रास्वपा संसदीय दलको बैठक: बजेट अधिवेशन र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल ★   तातो हावा ‘लू’ ले जनजीवन कष्टकर ★   डिशहोमले टी २० विश्वकप र यूरो कप २०२४ लाई लक्षित गरी रोड-शो गर्दै ★   राजमार्गमा हिलो र धुलोले सास्ती ★   भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु ★   दावा छिरिङको होटेल भियनामा सीआईबीको छापा

प्याराग्लाइडिङ खेल विकासका लागि प्रादेशिक सङ्घ गठन



फाईल फोटो

कास्की । प्याराग्लाइडिङ खेलको विकास, विस्तार तथा यसलाई व्यवस्थित गर्नका लागि प्रादेशिक सङ्घ गठन गरिएको छ । प्याराग्लाइडिङ खेलाडी तथा यस व्यवसायमा आबद्ध पर्यटन व्यवसायीको आज पोखरामा भएको भेलाले वसन्तराज दवाडीको अध्यक्षतामा गण्डकी प्रदेश प्याराग्लाइडिङ सङ्घ गठन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षद्वयमा योगेश भट्टराई र सुनिल भट्टराई, सचिवमा भेनिष थापा र कोषाध्यक्षमा भरतप्रसाद तिमिल्सिना रहनुभएको छ । यसैगरी सदस्यमा कृषु पौडेल र विजय गौतम हुनुहुन्छ । नेपाल प्याराग्लाइडिङ सङ्घ तथा ह्याडग्लाइडिङ सङ्घ ९नेफा०को आयोजनामा भेला भएको हो ।

नवगठित सङ्घका अध्यक्ष दवाडीले साहसिक पर्यटनको गन्तव्यका रुपमा रहेको पोखराको प्याराग्लाइडिङलाई संरक्षण गर्दै साहसिक खेल विकासमा आफू नेतृत्वको टोलीले काम गर्ने बताउनुभयो ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै प्याराग्लाइडिङको भविष्यलाई लिएर पर्यटन व्यवसायी चिन्तित भएकाले विमानको सुरक्षा हुने र प्याराग्लाइडिङ जोगिने उपाय खोजी गर्नुपर्ने उहाँको माग छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर राष्ट्रको शिर उँचो बनाउने प्याराग्लाइडिङका लागि राज्यले पूर्वाधारमा लगानी गर्नुपर्ने अध्यक्ष दवाडीले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य खेलको जस्तै प्याराग्लाइडिङको खेल पूर्वाधार सरकारले बताउनुपर्दछ, प्याराग्लाइडिङ उडान र अवतरण स्थलमा मैदानलगायतका खेल संरचनामा लगानी गर्नु आवश्यक छ ।”

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा तय भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ समावेश छ । पोखराको तोरीपानीबाट यस खेलको प्रतियोगिता सञ्चालनको तयारी गरिएको छ ।

पोखरामा दुई दशकअघिदेखि प्याराग्लाइडिङ उडान हुँदै आएको छ । यसबीचमा प्याराग्लाइडिङ गराउने कम्पनीको पाँच दर्जनभन्दा बढी पुगेको छ । पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक पाँचसय जनालाई सेवा दिने क्षमता यहाँका कम्पनीको छ ।