१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ नगर प्रहरी बलको प्रमुख पाण्डेले कार्यभार सम्हाले



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका नगर प्रहरी बलको प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले कार्यभार सम्हालेका छन् । भदौ २ गतेको निर्णयअनुसार उनले आइतबार पदबहाली गरेका हुन् ।

पदबहालीपछि उनले सहरी सुव्यवस्थापनका लागि नगर प्रहरीहरुलाई व्रिफिङ गरेका थिए ।

पाण्डे २०५० सालमा नगर प्रहरी सेवामा प्रवेश गरेका हुन् । २०७७ सालमा उनको नगर प्रहरी नायव उपरीक्षकबाट नगर प्रहरी उपरीक्षकमा पदोन्नति भएको थियो ।

२०७७ फागुन ४ गते बसेको विशेष नगर सभाबाट पारित भएको ‘काठमाडौं महानगरपालिका कर्मचारी समायोजन ऐन — २०७७’ को व्यवस्थाबाट समायोजन हुने क्रममा उनको पदोन्नति भएको हो ।