१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः न्युक्यासलसँग सिटीको रोमाञ्चक बराबरी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले बराबरी खेलेको छ । आइतबार राति सम्पन्न खेलमा सिटीले न्युक्यासल युनाइटेडसँग बराबरी खेल्दै अंक बाँडेको हो ।

पाहुना टोली सिटीले खेलको पाँचौं मिनेटमा नै इल्काए गुन्डोवानको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । बर्नाडो सिल्भाले उपलब्ध गराएको पासलाई उनले गोलमा परिणत गरे । यता, २८ औं मिनेटमा मिग्वेल अल्मिरनले गोल गर्दै न्युक्यासललाई १–१ को बराबरीमा ल्याए ।

यस्तै, खेलको ३९ औँ मिनेटमा कालुम विल्सनले गोल गर्दै न्युक्यासललाई २–१ को स्थितीमा पुर्याए । ५४ औं मिनेटमा किएरन ट्रिपरले गोल गर्दै न्युक्यासलको अग्रता ३–१ पारे । उनले फ्रिकिकबाट सानदार गोल गरे ।

त्यसपछि सिटी खेलमा फर्कियो । ६० औं मिनेटमा एर्लिङ हालाण्डले गोल गरे । ६४ औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई ३–३ गोलको बराबरीको स्थितीमा पुर्याए । बराबरीसँगै ३ खेलबाट ७ अंकसहित सिटी अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेल खेलेको न्युक्यासल ५ अंकसहित छैटौं स्थानमा छ ।