३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीको विषयमा शीर्ष नेताहरुबिच छलफल (भिडियोसहित)



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुले एमसीसीको विषयमा छलफल गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको कार्यालय सिंहदरवारमा भएको बैठकमा बिहीवार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच एमसीसीको बारेमा छलफल भएको हो ।

छलफलमा एमसीसीको बारेमा आफ्नो पार्टीले बिना संशोधन पास हुन नदिने धारणा बनाएको र पार्टीका नेताहरुलाई अहिलेकै स्थितिमा पास गर्ने भए एमसीसीको विपक्षमा मतदान गर्ने ह्वीप दिने सम्मानित नेता खनालले बताउनु भयो । उहाँले एकीकृत समाजवादी शुरुदेखि नै परिमार्जन बिना एमसीसी पास गर्न नदिने पक्षमा रहेको बताउनु भयो ।

सम्मानित नेता खनालले भन्नुभयो, ‘सामाजवादीको स्ट्याण्ड शुरुदेखि अन्तिमसँग क्लियर छ नो एमसीसी । विथ आउट एनी चेन्ज अर एमेनमेण्ट नो एमसीसी । हामी दुई पार्टीहरु जहिलेसुकै पनि एउटै स्ट्याण्डमा छौँ । त्यो भनेको परिमार्जन बिना संशोधन बिना हामी एमसीसी पास गर्दैनौँ ।’

त्यस्तै बैठकमा सहभागि नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले एमसीसीको विपक्षमा मतदान गर्ने कुरामा छलफल भएको बताउनु भयो । उहाँले संसदमा हुने एमसीसीको छलफलमा भाग लिने र त्यसको लागि सभामुखलाई संसदमा भइरहेको अवरोधलाई हटाउनका लागि आग्रह गर्ने पनि बताउनु भयो । नेता गुरुङले भन्नुभयो, ‘एमसीसीको विपक्षमा मतदान गर्ने भन्ने कुरा छँदै छ । तर अहिले सदन अवरुद्ध भइरहेको अवस्थामा छलफल गर्ने वातावरण छैन । डेमोक्रेसी नम्सको प्रक्रियाअनुसार नै छलफल गर्नुपर्छ । राष्ट्रिय विषयमा सबै संसदहरुले बोल्ने चान्स पाउनु पर्ने हुन्छ । यही विषयमा सबैसँग सभामुख लगायतसँग छलफल गर्ने कुरा भएको छ ।’

सरकारले गत फागुन ८ गते एमसीसी छलफलका लागि संसदमा पेश गरिसकेको छ । सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० पास गर्नका लागि संसदमा पेश गरेपनि सत्तारुढ दलहरु नै एमसीसीको विपक्षमा उभिएका छन् । एमसीसी यथा स्थितिमा पास गर्नु नहुने भन्दै सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी बिरुद्ध आन्दोलन गर्दै आएको छ । त्यस्तै सत्तारुढ अर्को दल राष्ट्रिय जनमोर्चाले एमसीसी नेपालको हीतमा नभएको दाबी गर्दै कुनै पनि हालतमा एमसीसी पास गर्न नुहने अडान राख्दै आएको छ ।