काठमाडौं । नेपाली कांग्रेस डढेल्धुराका जिल्ला सभापती कर्ण मल्ल बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा देखिएका छन् ।
शुक्रबार पार्टीका उपसभापती विमलेन्द्र निधिले १४ औँ महाधिवेशनको तयारी स्वरुप खोलेको सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा मल्ल सहभागी भएका हुन्।
उनको सम्पर्क कार्यालयको उद्घाटनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लाका जिल्ला सभापती पनि उपस्थित भएको कुरालाई अर्थपुर्णरुपमा लिइएको छ ।
देउवा पत्नी आर्जु राण देउवासँग टकरावका कारण मल्ल १३ औं महाधिवेशन यता निकै टाढीएका छन् । विगतमा नेपाली कांग्रेस प्रभावशाली पुरुमा रहेका स्वर्गीय खुमबहादुर खड्काका निकट रहेका मल्ल पछिल्लो समय पौडेल खेमामा रहेको बताईन्थ्यो ।
तर आज उपसभापति निधिले खोलेको सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा मल्लपनी सहभागी रहेका छन् ।
कांग्रेसभित्र हिन्दुधर्मको एजेण्डालाई बोक्ने मध्येका मल्लपनि एक हुन् । आर्जु र उनीबिच लामो समय देखि टकराव छ ।
मल्ल डढेल्धुरा जिल्लामा कांग्रेस कार्यकर्ता मात्रै नभई जनतामा समेत लोकप्रिय मानिन्छन् । जसकै कारण पार्टी भित्र अन्तरघात भएपनि उनले प्रदेश सभाको निर्वाचनमा वामगठन्धनका बिचपनि चुनाव जितेको कांग्रेस कार्यकर्ता बताउँछन् ।











