२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खसी, बोका बिक्रीबाट करोडको आम्दानी !



अ+ अ-

वालिङ । स्याङ्जाका गल्याङ नगरपालिका– ७ सिरौसाका २९ वर्षीय  गङ्गाधर पाठकले विदेशमा आठ वर्ष श्रम गर्नुभयो । कलिलै उमेरमा विदेशी भूमिमा पसिना बगाउनुभएका उहाँलाई आफ्नै गाउँठाउँमा व्यवसाय सुरुआत गर्न मन लाग्यो । मलेसिया, दुबई र भारतका विभिन्न कम्पनीमा रोजगारी गर्नुभएका उहाँलाई घर छोडेर टाढा विदेशी भूमिमा बस्दा मन खिन्न हुन्थ्यो । 

उहाँलाई परिवारसँगै बसेर केही न केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटीले छाडेन ।  यसले गर्दा उहाँ विदेश बसाइँलाई छोट्याएर आफ्नै जन्मभूमिमा फर्किनुभयो । स्वदेश फर्केपछि केही न केही व्यवसाय थाल्ने मनसायका साथ उहाँले अग्रजसँग सल्लाह तथा परामर्श लिनुभयो  र गाउँमै सुन्तला तथा बाख्रापालन व्यवसाय सुरु समेत गर्नुभयो ।

उहाँले आफूसँग भएको रकम र ऋण गरी झण्डै रु १४ लाखका लगानीमा ‘गणेश बाख्रा फार्म’ दर्तागर्नुभयो ।  स्थानीय तथा उन्नत जातका बाख्राका माउ पाल्न शुरु गर्नुभएका उहाँलाई त्यत्तिमै सीमित हुन मनले मानेन् । उहाँले यहाँ वरिपरि उत्पादन भएका बोका तथा पाठाको बजारीकरणमा समस्या देखेपछि गाउँगाउँमा उत्पादन भएका खसी, बोका र पाठा खरिद गरी ल्याउने र फार्ममार्फत बिक्रीवितरण गर्न थाल्नुभयो ।

“आफ्नो फार्ममा उत्पादन भएका खसी, बोकासँगै गाउँमा रहेका किसानका खसी, बोका सङ्कलन गरी एकै ठाउँबाट बिक्रीवितरण शुरु गरेँ”, युवा व्यवसायी पाठकले भन्नुभयो, “यसले गर्दा यहाँ उत्पादन भएका खसी बोकाले उचित बजार पाउने भएपछि खसी, बोका नबिक्ने समस्याको हल भएको छ ।”

व्यवसाय सञ्चालन गरेसँगै उहाँले बढीमा रु दुई करोडसम्मको कारोबार र थोरैमा गत वर्ष बन्दाबन्दीका कारण रु ८० लाख बराबरको कारोबार गर्नुभएको छ । यहाँ उत्पादन भएका खसी, बोका तथा पाठा बिक्रीका लागि अहिले समस्या नभएको उहाँले बताउनुभयो । “थोरैथोरै उत्पादन हुने र बिक्री गर्नका लागि समस्या हुने रैछ, त्यस्तो अवस्थामा बजार मूल्य पनि राम्रो नपाइने हुँदोरहेछ”, उहाँले भन्नुभयो, “गाउँगाउँमा रहेका फार्म तथा व्यक्ति–व्यक्तिबाट सङ्कलन गरी एकमुष्ट बिक्री गर्दा बजार दिगो हुने भएकाले व्यवसायी खोजीखोजी आउने गरेका छन् ।”

यहाँ उत्पादन भएका खसी, बोका तथा पाठा काठमाडौँ तथा पोखरामा खपत हुने गरेको छ । उहाँले भन्नुभयो “कामलाई सानो ठूलो नभनी फरक तरिकाले गर्नसकिएमा सफल भइन्छ । ” गल्याङ नगरपालिकाले बाख्रापालनका लागि पकेट क्षेत्र घोषणा गरेको छ । नगरपालिकाका पशु शाखा प्रमुख सुशील अर्यालले किसानलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराएपछि अहिले फार्म खुल्ने क्रम वृद्धि भएकोे बताउनुभयो । विशेष गरी विदेश गएर फर्केका युवा बाख्रापालन व्यवसायतर्फ आकर्षित हुँदै गएको देखिन्छ । (रासस,तोलाकान्त बगाले)