• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै



फाईल फोटो

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संसद् भवन नयाँ बानेश्वरमा अहिले प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) माथि छलफल हुने भएको छ ।

समितिको बैठकमा एमसीसी पारित गर्नुअघि यसलाई ध्वनि मतका आधारमा वा मतविभाजनका आधारमा पारित गर्ने भन्नेबारे छलफल भइरहेको बुझिएको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले एमसीसीलाई मतविभाजनमा लैजान माग राख्ने जनाएको छ । तर नेपाली कांग्रेसले ध्वनिमतका आधारमा एमसीसीलाई पारित गर्नुपर्ने बताउँदै आएको छ ।