२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा गिरीप्रति श्रद्धाञ्जलि व्यक्त



अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री पाण्डे केहीबेर अगाडि ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा पुगेर गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो ।

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना हुनुभएका नेता गिरीको अस्पतालमै शनिबार राति ९:३० बजे निधन भएको थियो । गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न अस्पताल परिसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तक अहिले भेला भएका छन् । पूर्वराष्ट्रपति डा. रामवरण यादव, गृहमन्त्री बालकृष्ण खाण, कांग्रेस नेता डा शेखर कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य उदयशम्शेर राणालगायत अस्पताल पुग्नु भई उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

स्व गिरीको पार्थिव शरीर अहिले बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलिका लागि राखिएको र बिहान ११:३० बजेदेखि दिउँसो २:०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ ।




भर्खरै