• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

रियलको सहज जित जित



एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई उसकै मैदानमा ४–१ गोलले पराजित गरेको हो ।

रियललाई जित दिलाउन करिम बेन्जेमा, लुका मोड्रिच, भिनिसियस जुनियर र फेडेरिको भाल्भर्देले एक–एक गोल गरे भने सेल्टाका लागो आसपासले एक गोल फर्काए ।

जितसँगै रियलले दुई खेलमा दुबै जित निकाल्दै ६ अंक जोडेको छ भने तालिकाको शीर्षस्थानमा रहेको छ । सेल्टा भने समान खेलबाट १ अंकसहित १४ औं स्थानमा छ ।