५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

अल्बानियाको विश्वविद्यालयका सबैलाई खोप अनिवार्य गर्ने तयारी

अल्बानियाको विश्वविद्यालयका सबैलाई खोप अनिवार्य गर्ने तयारी
अ+ अ-

तिराना । अल्बानियाका सबै विश्वविद्यालयका सबै विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरुलाई कोरोनाभाइरसविरुद्धको खोप अनिवार्य गर्न लागिएको छ ।

प्रधानमन्त्री इडी रामाले सबै विश्वविद्यालयका सबैलाई खोप अनिवार्य गर्ने व्यवस्था गर्न लागिएको बिहीबार जानकारी दिनुभयो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको महामारी र देशको वर्तमान अवस्थाका कारण यस्तो व्यवस्था गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो ।

शिक्षा, खेलकुद र युवामन्त्री एभिस कुशी र विद्यार्थीहरु सहभागी एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

आफूसँगै अरूको समेत सुरक्षाका लागि पनि खोप अत्यावश्यक भएकाले खोप लगाउन हेलचेक्र्याइँ गर्न नहुनेमा उहाँले जोड दिनुभयो । सबै मानिसलाई खोप अनिवार्य गर्नु आवश्यक छ तर क्षेत्रगत रुपमा वर्गीकरण गरेर प्राथमिकता निर्धारण गर्नुपर्दछ,” उहाँले भन्नुभयो । 

खोप लगाउन कसैले चाहने र कसैले नचाहने भन्न नै नपाउने र सरकारले तोकेको समयमा सबैले अनिवार्य रुपमा लगाउनुपर्ने उहाँले बताउनुभयो ।

कोरोनाभाइरसको महामारी व्यवस्थापन र विश्लेषणका लागि गठित विज्ञहरुको समूहले बुधबार मात्रै थप प्रतिबन्धात्मक व्यवस्था लागू गर्नु नपर्ने निष्कर्ष निकालेको छ तर दैनिक सङ्क्रमितहरुको सङ्ख्या भने धेरै नै रहेको देखिएको छ । 

कोरोनाभाइरसका कारण बिरामी भएर तिरानाका अस्पतालहरुमा भर्ना भएकामध्ये ९५ प्रतिशत बिरामीले खोप नलगाएको पाइएको अधिकारीहरुले जनाएका छन् ।

खोप लगाएर पनि सङ्क्रमित भएकाहरुको सङ्ख्या भने ३२ मात्रै रहेको जनाइएको छ । अल्बानियाका झन्डै छ लाख मानिसले दुवै खोप लगाइसकेका छन् । यो सङ्ख्या देशको झन्डै २७ प्रतिशत रहेको स्वास्थ्यमन्त्री ओगेर्था मानास्तीर्लिउले जानकारी दिनुभयो ।   

अल्बानियामा अहिले कोरोनाभाइरसविरुद्धको खोप चरण चरणमा लगाउने अभियान चलिरहेको छ । आगामी सेप्टेम्बरमा १८ वर्ष पूरा भएका सबैलाई खोप लगाउने व्यवस्था गर्न लागिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८४४ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै अहिलेसम्म कूल सङ्क्रमितहरुको सङ्ख्या एक लाख ४१ हजार ३६५ पुगेको छ । तीमध्ये एक लाख ३१ हजार ८१२ जना सङ्क्रमणमुक्त भएका छन् भने अरू दुई हजार ४८३ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।  (रासस,सिन्ह्वा)