९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

अङ्ग्रेजलाई हराएको सम्झनामा पाल्पामा भगवती जात्रा मनाइयो

अङ्ग्रेजलाई हराएको सम्झनामा पाल्पामा भगवती जात्रा मनाइयो
अ अ+ अ-

तानसेन । पाल्पाको तानसेनमा शनिबार ऐतिहासिक भगवती जात्रा हर्षोल्लासका साथ मनाइएको छ । गोरखालीले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतकिको रुपमा सिन्दुर जात्रा गरी बजारमा जय जयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिएको छ ।

भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गरिएको हो । कुमाल जातिका जवानले १२ः४५ मा भगवतीको प्रतिमूर्ति राखिएको रथलाई उठाएर नगर परिक्रमा गराइएको छ । भगवतीको रथको दुवैतिर तेर्साईएका दुई बलिया नोलहरुलाई काँधमा बोकी जयजयकारको गुञ्जन ध्वनी र बन्दुकको बडाइका साथ मूर्तिलाई रथमा राखेर नगर परिक्रमा गरिएको छ । जात्रा अवलोकन गर्नेको विभिन्न जिल्लाबाट दर्शकको ठूलो भिड लागेको थियो ।

पछिल्ला दुई वर्ष कोभिड–१९ को प्रभावले औपचारिकताको लागि मन्दिर परिषरमा रथ घुमाएर जात्रा निकालियो । यसवर्ष भने परम्परादेखि चलिआएका विधिअनुसार तानसेन नगर परिक्रमा गराएर हर्ष बढाइका साथ जात्रा निकालिएको रणउज्जेश्वरी भगवती गुणी सञ्चालक समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिए । यसवर्ष निकालिएको जात्रा २०४औँ पटक हो ।

जात्रा मनाउन तानसेन र वरपरबाट आएकाले भाकल अनुसारको कुखुरा, हाँस, बोका, राँगो, आदि बली दिएर बिहानैदेखि पूजा दिनेको घुइँचो लागेको थियो । यो जात्रालाई पश्चिम क्षेत्रकै ऐतिहासिक जात्राको रुपमा लिने गरिन्छ । लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले ऐतिहासिक भगवती जात्रा राष्ट्रिय वीरतासँग जोडिएको भए पनि यो जिल्लामै सीमित बन्न पुगेको बताउनुभयो । राष्ट्रियतासँग जोडिएको भएकाले पनि सङ्घीय सरकारले भगवती जात्रालाई राष्ट्रियकरण गर्नुपर्ने र प्रदेश सरकारले विशेष महत्वका साथ हेर्ने गरेको मन्त्री राना बताउँछन् ।

नेपाल–अङ्ग्रेज युद्धमा गएका बेला तत्कालीन पाल्पाका कर्णेल उजीरसिंह थापाले भगवतीको रथयात्रा सुरुवात गरेका हुन् । पाल्पाली प्रशासकको रुपमा कर्णेल उजिरसिं थापाको नेतृत्वमा नेपालले विसं १८७१ पौष देखि १८७२ जेठसम्म भएको अङ्ग्रेजसँगको युद्धमा बुटवलको जितगढी लगायतको क्षेत्रमा विजय हासिल गरेको सम्झनामा विसं १८७७ देखि निरन्तर रुपमा विजय उत्सव मनाइँदै आइएको छ ।

भगवतीको जात्रा निकाल्नुभन्दा अघिल्लो राति नेपाली सेनाले सलामी दिँदै रथ पूजा, भजनकृतन गरिएको थियो । घरेलु हातहतियार, सैनिक अवस्था कमजोर भएको अवस्थामा बुटवल क्षेत्रलाई अङ्ग्रेजको हातमा पर्न नदिन कर्णेल थापाले बुटवल क्षेत्रको युद्धमा जानुअघि तानसेनको मध्य भागमा रहेको भगवती देवीको पाउँ छोएर युद्धमा विजयी भएमा मन्दिर बनाइ सिन्दुरजात्रा गर्नेछु र भगवतीको महिमा चारैतर्फ फैलाउने छु भनी भाकल गरेका थिए ।

दुई पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल थापाले विसं १८७२ देखि ७६ सम्म गजुरसहितको तीनतले मन्दिर निर्माण गरी विसं १९७७ देखि विजयोत्सवका रुपमा प्रत्येक वर्ष भाद्रकृष्ण पक्षको नवमीको दिन भगवतीको रथजात्रा सञ्चालन हुँदै आएको छ ।

अङ्ग्रेजलाई युद्धमा हराएको विजय जात्राको रुपमा सञ्चालन हुँदै आएको मन्दिरको नामसमेत रणउज्जेश्वरीबाट चर्चित रहँदै आएको छ । यहाँको पुरानो र प्रख्यात रहेको जात्रा हेर्नका लागि पाल्पा सहित गुल्मी, बुटवल, काठमाण्डौँलगायत विभिन्न जिल्लाबाट दर्शक आउने गर्दछन् । इतिहाससँग जोडिएको हुँदा पनि यस जात्रालाई दर्शकले विशेष महत्वका रुपमा लिने गर्दछन् । भगवती जात्राका दिन लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक बिदासमेत दिँदै आएको छ ।