४ भाद्र २०८३, बिहीबार
,
Latest
यी दुई प्रदेशमा आज भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ नाडाको ५० वर्षे यात्रा: ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९… दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु अख्तियारलाई राजनीतिक दलका नेता र प्रधानमन्त्रीले आफूअनुकूल चलाउन खोजेः सांसद सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले बर्नमाउथलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा आर्सनलले बर्नमाउथलाई उसकै मैदानमा ३–० गोलले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन मार्टिन ओडेगार्डले दुई गोल गर्दा विलियम सालिबाको नाममा एक गोल रह्यो ।

आर्सनलले खेलको पाँचौं मिनेटमा ओडेगार्डको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । मार्टिनेलीले प्रहार गरेको बल बर्नमाउथका किपर ट्राभर्सले बचाउ गरेर रिबाउन्ड आएपछि ओडेगार्डले प्रहार गर्दै गोल गरे ।

यस्तै, खेलको ११ औं मिनेटमा बेन ह्वाइटले क्रस गरेको बल जिससले प्रहार गर्नै लाग्दा चलाखीपूर्ण रुपमा ओडेगार्डले नै प्रहार गरी गोलमा परिणत गरे ।

५४ औं मिनेटमा सालिबाले सानदार गोल गरे । उनलाई ग्रानिट जाकाले पास उपलब्ध गराएका थिए । जितसँगै आर्सनल तीन खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्षस्थानमा छ । उता, बर्नमाउथ समान खेलबाट ३ अंकसहित १४ औं स्थानमा छ ।